कोरोनाभाइरसबाट बेलायतमा थप एक नेपालीको मृत्यु, विदेशमा मृत्यु हुनेको संख्या १६१ पुग्यो

Co

एजेन्सी। विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसको सङ्क्रमणबाट विदेशमा गएको साता थप एक नेपालीको मृत्यु भएको छ। बेलायतमा बसोबास गरिरहेका नेपालीको मृत्यु भएसँगै विदेशमा मृत्यु हुनेको संख्या १६१ पुगेको छ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १५० नेपालीलाई संक्रमण भएको छ। तीमध्ये २९ हजार २४३ जना अर्थात् ९३ प्रतिशतभन्दा बढी सङ्क्रमणमुक्त भएका छन्।

गएको हप्ता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये अधिकांश सङ्क्रमणमुक्त भएका छन्। तर, यो हप्ता त्यहाँका नेपालीमा संक्रमण दर बढेको छ।

यस्तै युएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो हप्ता सङ्क्रमण बढेको समितिले जनाएको छ। अब नेपालमा ज्यान गुमाएका ४५ सहित विश्वभर ज्यान गुमाउने नेपालीको सङ्ख्या २०६ पुगेको छ।

अहिलेसम्म विदेशमा रहेका ३४ हजार ८३० नेपालीको उद्धार गरिएको छ। सङ्घ, विदेशस्थित कूटनीतिक नियोग एवं नेपाल सरकारको सहकार्यमा विभिन्न २५ मुलुकमा कोरोनाभाइरसको सङ्क्रमणका कारण प्रभावित नेपालीलाई स्वदेश फर्काइएको हो।

प्रतिकृया दिनुहोस