कोरोना भाइरसको स्पाइक प्रोटिनको नयाँ भर्जन तयार, वैज्ञानिकहरुलाई ठूलो सफलता

Covid 19 vaccin 9

काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको अध्ययनमा संसारभरका वैज्ञानिक अनुसन्धानमा जुटेका छन् । दिनरात वैज्ञानिकहरुले कोरोना भाइरसका विभिन्न पक्षमा अनुसन्धान गरिरहेका छन् ।

पछिल्लो पटक वैज्ञानिकले कोरोना भाइरसको प्रोटिन रिडिजाइन गरेर ठूलो सफलता प्राप्त गरेका मेडिकल एक्सप्रेसले जनाएको छ । यसको अर्थ कोरोनाले जुन स्पाइक प्रोटिनको सहायतामा मानव कोशिकामा आक्रमण गर्छ वैज्ञानिकले उक्त प्रोटिनको रिडिजाइन गरेका छन् ।

अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले अब भ्याक्सिन बनाउन धेरै सजिलो हुने दावी गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार धेरै कोभिड १९ को भ्याक्सिन क्यान्डिडेट कोरोना भाइरसको स्पाइक प्रोटिनलाई पहिचान गरेर संक्रमणविरुद्ध लड्ने इम्युन सिस्टम बलियो बनाउनेगरी अहिले काम भइरहेको छ । त्यसैले वैज्ञानिकहरुको यो अध्ययन अहिलेसम्मकै ठूलो सफलता भएको दावी गरिएको छ ।

साइन्स जर्नलमा प्रकाशित अध्ययनका अनुसार वैज्ञानिकहरुले स्पाइक प्रोटिनको नयाँ भर्जन तयार गरेका छन् । जसले सिन्थेटिक एस प्रोटिनको तुलनामा कोशिकामा १० गुणा धेरै उत्पादन गर्न सकिन्छ । अहिले बनिरहेका भ्याक्सिनमा धेरैजसोले सिन्थेटिक एस प्रोटिनको प्रयोग गरिएको छ ।

अमेरिकाको टेक्सस विश्व विद्यालयका प्रोफेसर एवं अध्ययनमा संलग्न प्रमुख वैज्ञानिक जेसन म्याकलेननले आफूहरुले लामो अध्ययनपछि यो कुरा पत्ता लगाएको बताए । उनले भने, 'भ्याक्सिनका प्रकारको आधारमा प्रोटिनको यो बर्णशंकर एडिसन डोज कम गर्न सकिन्छ र भ्याक्सिनको उत्पादन गर्न छिटो हुनेछ ।'

नयाँ अध्ययनले ल्याबमा बनाउन सकिने प्रोटिनले भ्याक्सिन छिटो बनाउन र आम मानिसको पहुँचमा पुर्याउनका लागि सजिलो हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अनुसन्धानकर्ताले एस प्रोटिनका १ सय प्रकारका स्वरुपमा पहिचान गरिएको बताएका छन् । नयाँ अध्ययनले अब कोरोना परीक्षणका लागि पनि सजिलो हुनेछ ।

प्रतिकृया दिनुहोस