जापानमा फक्साई नामको आँधीका कारण करिव चार लाख मानिस प्रभावित

Hluskyhvanxc4kn5qqfn

टोकियो । भारी वर्षापछि आएको आँधीले जापानको जनजीवन प्रभावित बनाएको छ । फक्साई नामको आँधीका कारण ।जापानका टोकियो, कानागावा, सिङजुका शहर आँधीको चपेटामा परेका छन् । ती शहरका ३ लाख ९० हजार नागरिकलाई सुरक्षित रहन अपील गरिएको छ ।

आँधीका कारण जापानका सय भन्दा बढी हवाई उडानहरु रद्द भएका छन् भने रेलवे सेवासमेत अवरुद्ध भएपछि बनेपछी सयौं यात्रु अलपत्र परेको बीबीसीले जनाएको छ । बिजुली आपूर्ति बन्द हुँदा २ लाख ९० हजार मानिस अँध्यारोमा बस्न बाध्य छन् । सरकारी कार्यालयहरुको कामकारबाही पनि प्रभावित बनेको छ ।

प्रतिघण्टा २५ किलोमिटरको दरको आएको आँधी अझ केही दिन रहने मौसमविद्हरुले जनाएका छन् । केही घरहरुमा क्षति पुगेकोले उद्धारकर्मीहरु परिचालन गरिएका छन् । एजेन्सी 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...