केन्द्रका लागि ५ हजार कर्मचारीको लोकसेवा आयोगले विज्ञापन गर्दै

केन्द्रका लागि ५ हजार कर्मचारीको लोकसेवा आयोगले विज्ञापन गर्दै

काठमाडौँ । स्थानीय तहमा कर्मचारी भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको बेला लोकसेवा आयोगले संघका लागि पनि नयाँ भर्ना प्रक्रिया सुरु गरेको छ । आयोगले करिब ५ हजार रिक्त दरबन्दीमा नयाँ भर्ना प्रक्रिया सुरु गर्ने भएको हो ।

संघीय तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र सहसचिव पदका लागि आयोगमा माग पठाउने तयारी भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार संघका लागि करिब ५ हजार पद रिक्त छन् । सम्पूर्ण विवरण संकलन भइरहेको संघीय मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी गराए । अहिले कहाँ कुन पद रिक्त छन्, विवरण संकलन गरिरहेका छौं,’ बरालले भने, ‘सबै विवरण आइसकेपछी एक हप्ताभित्रै आयोगमा सिफारिस पठाउँछौं । ’संघका लागि आयोगले दुई वर्षदेखि नयाँ भर्ना लिएको थिएन । समायोजन प्रक्रिया टुंगिएपछि आयोगले नयाँ भर्ना लिएको थिएन । 

 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...