श्रीमान विदेशको जेलमा दिन काट्दै, श्रीमती भने घरमा बच्चा जन्माउँदै 

20190816 220346

काठमाडौँ । सुन्दापनि अच्चम लाग्ने । श्रीमान विदेशको जेलमा दिन काटिरहेका बेला यता श्रीमतीले घरमा बच्चा जन्माउने गरेकी छन् । यो खबर प्यालेस्टिनको हो । यहाँका पुरुष इजरायलको जेलमा जेल जिवन विताइरहेका छन् । तर उनका श्रीमतीले घरमा बच्च जन्माइरहेका हुन्छन् ।

झट्ट हेर्दा अवैधानिक बाटोबाट बच्चा जन्माएको भएपनि तर यो त्यसो भने होइन् । अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाए अनुसार ती महिलाले जेलमा रहेका आफ्नै श्रीमानको विर्यबाट गर्भधारण गर्न गरेका छन् । इजराइली जेलमा रहेका प्यालेस्टिनीहरुलाई दुई हप्ताको एक पटक जेलमा भेटघाटका लागि समय दिइन्छ ।

४५ मिनटको उक्त भेटमा श्रीमानले सन्तानको चाहाना भए  लुकिछिपि विर्य दिने गर्दछन् । लामो समयसम्म जेलमा रहेका तर सन्तान नभएकाको हकमा विधिवतरुपमै विर्य दान गर्ने कानुनी व्यवस्था रहेको छ । यसका लागि परिवारका साथसाथै श्रीमान–श्रीमतीले कागजी प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । त्यो प्रक्रियाका लागि साक्षिको पनि आवश्यकता पर्दछ ।

चोरीबाट होस या विधिवतरुपमा होस पतिको विर्य हासिल गरिसकेपछि त्यस्ता महिलाले गर्भधान गराउने क्लिनिकमा गएर आइभिएफ प्रविधिबाट गर्भधान गरेर बच्चा जन्माउने गर्दछन् । एक तथ्यांक अनुसार तीन बर्षको अवधिमा त्यसरी जन्मिने बच्चाको संख्या ३२ पुगेको छ ।

बैधानिक रुपमा विर्य दान गरि जन्मिने बच्चाको तुलनामा लुकिछिपि विर्य हासिल गरि जन्मिने बच्चाको संख्या बढ्दै गएको छ । लुकिछिपि विर्य ल्याएर जन्मेका बच्चाको भविश्य भने अन्योलमै रहेको छ । जेलमा रहेका कैदीका ती सन्तानलार्य इजरायलको कानुनले चिन्दैन । ती बालबालिकाले जेलमा रहेका आफ्ना पितालाई भेट्न पाउने छैनन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज बिहिबारको राशीफल

Pathibhara 2014

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस ...