दुई हजार रूपैयाँसम्म भुक्तानीमा प्यान नचाहिने, कर्मचारीलाई तलब दिँदा प्यान अनिवार्य

दुई हजार रूपैयाँसम्म भुक्तानीमा प्यान नचाहिने, कर्मचारीलाई तलब दिँदा प्यान अनिवार्य

काठमाडौं । व्यवसायिक प्रतिष्ठानले कर्मचारीलाई दिने नियमित तलबबाहेक २ हजार रूपैयाँभन्दा बढी भुक्तानी दिँदा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य उल्लेख गर्नुपर्ने भएको छ । सरकारले चालू आर्थिक वर्षको आर्थिक ऐनमार्फत १ हजार रूपैयाँभन्दा ठूलो भुक्तानीमा प्यान अनिवार्य गरेकोमा निजी क्षेत्रसँगको वार्तापछि यसको सीमा बढाइएको हो ।

कर्मचारीको नियमित तलब भुक्तानीमा भने यसअघि नै प्यान अनिवार्य गरिएको छ । यदि प्यान उल्लेख नगरी तलब भुक्तानी दिएमा व्यवसायिक संस्थाले त्यसलाई आफ्नो खर्चमा गणना गर्न पाउँदैनन् । यसैगरी सरकार र निजी क्षेत्रका प्रतिनिधिबीच भएको छलफलमा करसम्बन्धी तालिम नियमितरूपमा उपलब्ध गराउने सहमति पनि बनेको छ । यसको संयोजन आन्तरिक राजस्व विभागले गर्नेछ ।

दुई पक्षबीच भएको छलफलमा भेइकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टमको सहज कार्यान्वयनका लागि राजस्व अनुसन्धान विभागका महानिर्देशकको संयोजकत्वमा स्थायी समिति बन्ने र त्यही समितिले यो प्रणाली कार्यान्वयनका लागि सहजीकरण गर्ने सहमति पनि जुटेको छ । 

चालू आर्थिक वर्षको सुरुदेखि सरकारले यी दुई व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । तर, व्यवसायीले विरोध गरेपछि अर्थ मन्त्रालयले कार्यदल गठन गरी समाधानको उपाय खोजेको थियो । सरकारी र निजी क्षेत्रका प्रतिनिधि सम्मिलित कार्यदलले पाँच चरणको छलफलपछि सोमबार सहमति कायम गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...