दाङको बंगलाचुली गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रानालाई कोरोना संक्रमण पुष्टि

Coro1588135147764

घोरही । दाङको बंगलाचुली गाउँपालिका वडा नं. २ का वडाध्यक्ष मेघराज रानालाई कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा वडाध्यक्ष रानामा बुधबार संक्रमण पुष्टि भएको हो ।

‘भारतबाट आएका ७६ जनासहित उनीहरुको व्यवस्थापनमा खटिएका ८२ जनाको जेठ २५ गते स्वाब संकलन गरिएको थियो । वडाध्यक्ष रानालाई पनि सोही दिन कोरोना परीक्षणका लागि स्वाब दिएको थिएँ । जसमध्ये बुधबार मसहित ४२ जनामा संक्रमण पुष्टि भएको छ ।

बंगलाचुली गाउँपालिकाका ४२ जनासहित दाङमा बुधबार ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

वडाध्यक्ष रानालाई कोरोना संक्रमणको पसटि हुँदा गाउँसभाको बैठक चलिरहेको थियो । सोही बेला स्वास्थ्य संयोजकले बाहिर बोलाएर तपाईंमा संक्रमण पुष्टि भएको छ भनेका थिए । सोलगत्तै उनी आइसोलेसनमा बस्न जानका लागि तयारीमा लागेका थिए ।

वडाध्यक्ष रानाले भारतबाट आएका नगरवासीलाई क्वारेन्टिनको व्यवस्थापन गर्दा आफू नै बढी सक्रिय भएको र त्यसै क्रममा आफू संक्रमित भएको जस्तो लागेको प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘केही छैन जनताको सेवा गर्दा गर्दै संक्रमित भएको भएपनि कोरोनालाई जितेर पुनः जनताको सेवामा समर्पित हुन्छु ।’

प्रतिकृया दिनुहोस