नवलपुरमा एकै दिन भेटियो २१ जनामा कोरोना संक्रमण

Corona test19

कावासोती (नवलपुर) । नवलपुरको सुनवल नगरपालिकामा आइतबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै सुनवलमा संक्रमितको संख्या २७ जना पुगेको छ ।

संक्रमितहरु वडा नं. १ का ८, वडा नम्बर ३ का २, वडा नं. ४ का २, वडा नं. ६ का १, वडा नं. ७ का ३, वडा नं. १२ का ३ र वडा नं. १३ का २ जना छन् । जसमध्ये १६ जना पुरुष र पाँचजना महिला रहेका छन् ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि १२८ जनाको स्वाब नमुना पठाइएको थियो । तीमध्ये ५२ जनाको रिपोर्ट आएको सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपानेले जानकारी दिए । ५२ जनामध्ये २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

प्रतिकृया दिनुहोस