निर्देशकसहित ४ जनामा संक्रमण भएपछि अस्पतालका सबै सेवा बन्द

Rapti swasthya bigyan prathithan

दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशकसहित चार जनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि आकस्मिकसहितका सबै सेवा बन्द भएको छ ।

प्रतिष्ठानका निर्देशकसहित चार जना स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि दुई दिनका लागि आकस्मिकसहितका सबै सेवा बन्द भएको हो ।

केही दिनअघि कोरोना सङ्क्रमित बिरामीको उपचारपछि घरमै क्वरेण्टीनमा बसेका अस्पतालका निर्देशक, एकजना डाक्टर, नर्सिङ इञ्चार्ज र इमर्जेन्सी वार्डमा कार्यरत एकजना स्वास्थ्यकर्मीसहित चार जनामा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।

अस्पतालका निर्देशकसहितका स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस