लम्कीको क्वारेन्टाइनमा रहेकी एक महिला बलात्कृत, ३ जना पक्राउ

Rep logo 32

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी एक महिलामाथि बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

पीडित महिला लम्कीचुहा नगरपालिका–१ कि करिब ३१ वर्षीया हुन् । तीनै जनालाई आरोपितालाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको हो ।

उनीमाथि बलात्कार गर्नेहरुले भिडियो बनाउँछु भन्दै बलात्कार गरेको ती महिलाले आरोप लगाएकी छन् । उनले बलात्कारमा संलग्नहरुले कि पैसा दे कि भिडियो बनाउँछु भनेको बताएकी छन् ।

जेठ २० गते गौरीफन्टा नाकाबाट आएर शहिद स्मृति माध्यामिक विद्यालय लम्कीको क्वारेनटाइनमा बस्दै आएकी महिलाले शनिबार क्वारेनटाइनमा खटिएका ३ जनाले आफूलाई बलत्कार गरेको जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले आज लम्की बजारमा विरोध प्रर्दशन गरेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस