नेपालको लज्जास्पद हार, टी-२० विश्वकपको मौका गुम्यो

नेपालको लज्जास्पद हार, टी-२० विश्वकपको मौका गुम्यो

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको निर्णायक खेलमा नेपाल पराजित भएको छ । आइतबार बिहान भएको खेलमा सिंगापुरसँग ८२ रनले पराजित हुँदा नेपालको २०२० टी–ट्वेन्टी विश्वकप खेल्ने सपनामा ब्रेक लागेको छ । यस खेलको विजेता  बन्दै टीट्वेन्टी विश्वकपको आगामी अक्टोबरमा यूएईमा हुने विश्वस्तरीय छनोट प्रतियोगिता छनोट हुने नेपाल असफल भयो । त्यो अवसर सिंगापुरले पाएको छ । 

१९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै  विकेट गुमाएर १०९  रन मात्रै बनाउन सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए । त्यसपछि दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे ।  सोमपाल कामीले ११ रनको योगदान गरे ।  पारस खड्का १२ रन बनाए आउट भए ।  शरद भेषवाकर ७ रोकितकुमार पौडेल ५ विनोद भण्डारी ९ रन बनाएर आउट हुँदा करण केसी र सन्दीप लामिछाने शुन्य रनमै पेभिलियन फर्किए ।  

सिंगापुरका लागि सेल्लाडोर विजयकुमारले नेपालको सर्वाधिक चार विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरका ब्याट्सम्यानले नेपाली बलरलाई निरन्तर डोमिनेट गरेका थिए ।  नेपालका लागि अभिनाश बोहराले ४ विकेट लिए भने करण केसीले २ विकेट लिए ।

  नेपालविरुद्ध उच्च स्कोर बनाउने क्रममा टिम डेभिडले ४३ बलमा ७७ रन बनाए । त्यसैगरी  रोहन रंगरजनले ३३ बलमा ४९ रन र मनप्रिट सिंहले २७ बलमा ४२ रन बना । अभिनाश बोहराले  १८औंर २०औं ओभरमा ३ विकेट र लिएपनि सिंगापुरको स्कोर रोक्न त्यो ढिला भइसकेको थियो । 


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...