कर्णालीमा १२ जना थपिए संक्रमित, नेपालमा ६९४ जनामा कोरोना पुष्टि

Corona update

सुर्खेत । सुर्खेतमा मंगलबार एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ८ जना वीरेन्द्रनगर नगरपालिकाका, २ भेरीगंगाका  र २ जना सिम्ता गाउँपालिकाका छन् । 

कर्णालीमा कुल संक्रमित संख्या २३ जना भएको छ । यसअघि ११ जनामा संक्रमण देखिएको थियो । नेपालमा ६९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट ‘र्‍यान्डम्ली’ लिइएका स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको रहेका कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले बताए ।

कर्णाली प्रदेश सरकारले पनि भारतबाट आउने नेपालीलाई सीमावती क्षेत्रमै परीक्षण गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन नेपाल सरकार र केन्द्रीय विपद् व्यवस्थापन समितिलाई आग्रह गरेको छ ।

भारत सरकारले सीमासम्म पुग्न सहज बनाइदिएपछि करिब २५ हजार कर्णालीबासी घर फर्किने अनुमान प्रदेश सरकारको छ ।

प्रतिकृया दिनुहोस