थप ३ जना संक्रमित थपिँदा नेपालमा ४५७ पुग्यो संक्रमितको संख्या

Corona update

काठमाडौं । बिहीबार दिउँसो नेपालमा फेरि बाँके र कपिलवस्तुमा गरी ३ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ५७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नयाँ तीन जना संक्रमितमा बाँके नरैनापुरका ३२ वर्षीय पुरुष, खजुराकी ४२ वर्षीया महिला र कपिलबस्तु सुद्दोधनका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पाइएको जानकारी दिएका छन् ।

यसअघि दिउँसो बिहीबार दिउँसो झापा र रुपन्देहीमा गरी ९ जना र दाङको घोराही उपमहानगरपालिकाको कुइरेपानी क्वारेन्टाइन बसेका घोराही उपमहानगरपालिका– ३ का ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको थियो ।

 

प्रतिकृया दिनुहोस