काठमाडौं उपत्यकामा ३ सहित २६ जनामा थपियो संक्रमण, नेपालमा २१७ पुग्यो संक्रमितको संख्या

Corona update

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर फेरि मंगलबार साँझ २६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २१७ पुगेको छ ।

भक्तपुरमा पहिलो पटक कोरोना भाइरस संक्रमित फेला परेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा भक्तपुरका दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुष रहेका छन् । उनीहरुको थप विवरण खुलाइएको छैन ।

काठमाडौंमा पनि नयाँ संक्रमित फेला परेका छन् । एक ३३ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । यसअघि काठमाडौंमा ५ जनामा कोरोना पुष्टि भएको भएपनि उनीहरु निको भइसकेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साका २२, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । मंगलबार भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंका ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आजै बिहान ५७ जनामा कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमितको संख्या बढेको बढ्यै गरेपछि पर्सा र बारामा निषेधाज्ञा नै जारी गरिएको छ ।

मन्त्रालयका अनुसार पर्सा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने उदयपुरमा ३०, मोरङमा २, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा ४, धादिङ २, कैलालीमा ४, बारामा ३, धनुषामा ३, रौटहटमा ३, बागलुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, सप्तरीमा १ र सर्लाहीमा १ जनामा पुष्टि भएको छ

यसैगरी हालसम्म ४३ जना कोरोना निकाे भएर घर फर्किसकेका छन् । 

प्रतिकृया दिनुहोस