आज एकैपटक थपियो ५७ जनामा संक्रमण, नेपालमा संक्रमितको संख्या १९१ पुग्यो

Corona update

काठमाडौं । नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको हो । नयाँ पुष्टि भएको संक्रमितहरु सबै पुरुष हुन् ।

उनीहरु कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार, कोरोना संक्रमितहरुको स्वास्थ्य स्थिति सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।

हालसम्म कोरोना जितेर ३१ जना घर फर्किसकेका छन् । बाँकी संक्रमित विभिन्न अस्पतालमा उपचारत छन्। उनीहरुको स्वास्थ्य अवस्था  सामान्य रहेको सम्बन्धित अस्पतालले जनाएका छन् ।

प्रतिकृया दिनुहोस