श्रीमतीलाई यौनसन्तुष्टि दिन सकिनँ, म के गरौं ?

Women sex

म विवाहित ३० वर्षे युवक हुँ । मेरो पाँच वर्षको एउटा छोरा पनि छ । मलाई यौनचाहना हुँदैन । यौनइच्छाले यौनसम्पर्क गर्दा पनि शीघ्र स्खलन हुन्छ । श्रीमतीलाई यौनसन्तुष्टि दिन नसकेजस्तो लाग्छ । श्रीमती अर्कै पुरुषतिर लाग्ने हुन् कि भन्ने डर पनि हुन्छ । मैले के गर्दा उचित होला  ?
( बी)

यौन चाहना नै नहुने कुरा
यौनचाहना सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन् । एक त अन्तस्श्रावी गन्थ्रिको प्रणाली इन्डोक्राइन सिस्टमअन्तर्गतका रागरसहरूले सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणाली । यसमा मस्तिष्कको विशेष भूमिका हुन्छ, किनकि अनेक यौन सन्देशलाई यस मस्तिष्कले नै अर्थ लगाउने गर्छ । हाम्रा यौनसम्बन्धी विचार, भावना, स्मरण अनि यौन परिकल्पनाको स्रोत पनि मस्तिष्क नै हो ।

सामान्यतया सबैमा धेरथोर यौनचाहना हुन्छ नै । कसैमा कम तथा कसैमा बढी । फेरि एकै व्यक्तिमा समय र परिस्थितिअनुसार फरक हुन्छ । कम हुनुलाई नभएको ठान्ने गरिन्छ, जुन सही होइन । यसैगरी कतिपयलाई यौनसम्पर्क राख्न मन नलाग्ने स्थिति हुन सक्छ, अर्थात् कम यौन इच्छा (Hypoactive Sexual Desire) को स्थिति हुन सक्छ ।

यस्तो स्थितिमा यौनसम्पर्क राख्ने चाहना, यौन परिकल्पना तथा र वा यौन क्रियाकलाप महिनाको दुई पटकभन्दा कम भएको अवस्थालाई जनाउँछ, तर यदि दुवै जना यसमा सन्तुष्ट छन् भने महिनामा एकपल्ट मात्र यौनसम्पर्क राख्ने जोडीलाई यस समस्याबाट पीडित व्यक्ति भनिहाल्न मिल्दैन । त्यसैले कतिपय यौन विशेषज्ञले यौन इच्छा कम भएको भनेर त्यसबेलासम्म भन्दैनन् जबसम्म यी कुराले सो जोडीलाई यसका कारणले समस्या पारेको हुँदैन वा व्यवहारमा कुनै खास परिवर्तन देखिएका हुँदैनन् ।

श्रीमती अर्कातिर लाग्ने भय 
तपाईंले यौनसन्तुष्टि नपाएका कारणले तपाईंको सम्बन्धमा नै केही समस्या आएको वा नभएको बारे केही नलेख्नु भए पनि तपाईंलाई पक्कै थाहा होला । यहाँ तपाईंले मनको भय मात्रै हो कि वास्तवमै केही समस्या भएको हो, छुट्टयाउन आवश्यक हुन्छ ।

यो पक्कै हो कि सुखमय यौनसम्पर्क वैवाहिक सम्बन्धको आधार हो, तर यसमा केही कमी भयो भन्दैमा श्रीमती अर्कातिर लागि हाल्लिन् भन्ठान्नुपर्ने कारण देख्दिनँ । अति नै कम यौनसम्पर्क भएका बेला मात्रै होइन, अशक्त जीवनसाथी भएको स्थितिमा पनि दाम्पत्य जीवनमा समर्पित नै रहेका अनेक उदाहरण समाजमा छन् । तपाईंको शंका वा भयको आधारलाई राम्ररी केलाउनुहोस् । निराधार रूपमा शंका गर्न लागिएमा यही शंकाले लंका जलाउँछ ।

पुरुषहरूमा यौनको सन्दर्भमा हुने भयहरूमध्ये श्रीमती वा यौनजोडीलाई यौनसन्तुष्टि दिन सक्दिनँ कि भन्ने एक प्रमुख हो । यस्तो भय भए पनि उसले राम्रो गर्नुपर्ने चिन्ताले सताउन थाल्छ । शीघ्र स्खलन होस् वा लिङ्ग उत्तेजना चाहेअनुसार नहुने समस्याले सताउँदा चिन्ता झनै बढ्छ । यसका साथै धेरै चिन्ता गर्ने स्थिति आउँदा कार्यसम्पादनको चिन्ता (Performance Anxiety) ले सताउन थालेपछि समस्या झनै चर्कन्छ ।

मलाई लाग्छ, तपाईंको समस्या समाधानका लागि यो भयबाट मुक्ति पाउन तपाईंले प्रयास गर्नुपर्छ । यसका लागि तपाईंले आफ्नो मन बलियो बनाउनुपर्छ । आवश्यक परेमा मनोपरामर्शदाता वा मनोचिकित्सकको सहयोग पनि लिनुपर्ने हुन सक्छ ।

श्रीमतीलाई कसरी यौनसुख दिने ?
हामीले यसबारे धेरैपल्ट चर्चा गरिसकेका छौं । मानव यौन प्रतिक्रिया चक्रका बारेमा त तपाईंलाई जानकारी होला नै । यौन उत्तेजनालाई निरन्तरता दिन सकिए व्यक्ति यौन चरमसुखको चरणसम्म पुग्छ । विचार गर्नुपर्ने कुरा यौन चरमसुख व्यक्ति आफैंले प्राप्त गर्ने हो, अर्को व्यक्तिले त सहयोग मात्र गर्न सक्छन् । त्यसैले यौन उत्तेजनालाई निरन्तरता दिन अर्को व्यक्तिको यौन संवेदनशील अङ्गबारे जान्नुपर्छ ।

तपाईंलाई थाहै होला, महिलाको सन्दर्भमा सबैभन्दा यौन संवेदनशील अङ्ग ‘भगांकुर’ बाहिरतिरै हुन्छ । यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ । योनि अर्को महत्त्वपूर्ण अङ्ग हो । यसको बाहिरतिरको भाग यौन संवेदनशील हुन्छ । योनिमा केही पसाई त्यसबाट घर्षण गराएर आनन्द प्राप्त गर्न सक्छन् । स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण, अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ ।

पुरुषहरूजस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उजेजित हुन्छन् । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भएमा यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख साथसाथै प्राप्त गर्न मद्दत पनि गर्छ । साथसाथै चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र यो हुनैपर्छ भन्ने पनि छैन ।

साथसाथै पाइएन भने पीर गर्नुपर्ने आवश्यता छैन, पालोपालो गरेर यौन चरमसुख प्राप्त गरे पनि हुन्छ । साथसाथै पाउँदा वास्तविक अर्थमा सम्भोग बनाउन सकिन्छ । सम्भोग अर्थात् ‘समंभोग’, जसको अर्थ दुवै जना यौनसाथी (श्रीमान्–श्रीमती) ले समान रूपमा यस सुखलाई भोग गर्न पाउने कुरा भयो । यौनसम्पर्क गर्दा लिङ्ग प्रवेश गराएर सुरु गरिने मानसिकताबाट बाहिर निस्कनुपर्छ । महिलाले पर्याप्त रूपमा पाक्क्रीडामा संलग्न हुने समय पाउनुपर्छ । विशेष गरेर यौनसम्पर्क गर्दा पुरुष माथितिर र महिला तलतिर रहने आसनमा यौनसम्पर्क गर्दा महिलाको योनिमा घर्षण हुने भए पनि भगांकुरमा घर्षण हुँदैन भन्ने बुझ्नुपर्छ ।

श्रीमती अर्कातिर लाग्लिन् भन्ने सोच दिमागबाट निकालेर कसरी यौनसुख दिने र लिने भन्नेतिर ध्यान दिनुभयो भने पक्कै पनि सुखमय यौन जीवनयापन गर्न सक्नुहुनेछ भन्ने विश्वास लिएको छु । साप्ताहिकबाट

प्रतिकृया दिनुहोस