हावाबाट पनि कोरोना सर्ने वैज्ञानिकहरुले गरे नयाँ खुलासा

Corona 6

काठमाडौं । छुँदा, अंकमाल गर्दा वा ह्याछ्युँ गर्दा मात्र कोरोनाको संक्रमण सर्छ भनिरहेका बेला हावाबाट पनि कोरोनाको संक्रमण सर्ने तथ्य फेला परेको छ ।

चीनका वैज्ञानिकहरुले कोरोना अति प्रभावित स्थानका हावामा पनि कोरोना भाईरसका अनुवांशिक तत्व फेला परेको खुलासा गरेका छन ।

चीनको वुहान विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो खुलासा गरेका हुन् । यद्यपी यसबाट संक्रमण फैलने वा नफैलने भन्ने बारेमा यकिन हुन बाँकी नै छ ।

वैज्ञानिकहरुले मानिसहरुको आवागमन बढी हुने अस्पताल नजिकको हावाको नमुना पनि लिएका थिए । यो अध्ययनबाट भेंटिलेसन भएको स्थानको हावामा थोरै र भेंटिलेसन नभएका स्थानको हावामा कोरोना भाईरसको अनुवांशिक तत्व धेरै रहेको अनुसन्धानबाट पत्ता लागेको छ ।

अध्ययनका लागि वैज्ञानिकहरुले फेब्रुअरी र मार्च महिनामा ३१ स्थानबाट ४० वटा नमुना संकलन गरेका थिए । अनुशन्धानबाट मानवीय भिडभाड भएको स्थान र अस्पताल बाहिरको क्षेत्रको हावामा कोरोना भाईरसको अंश अधिक भेटिएको पत्ता लागेको छ ।

खासगरि चिकित्सकहले पीपीईलगायतका आफ्ना ब्यक्तिगत सुरक्षा सामाग्री खोल्ने स्थानका हावामा पनि कोरोना भाईरसको अंश बढी भेटिएको छ ।

यसबाट कपडा खोल्दा कोरोना भाईरस हावामा फैलन्छ भन्ने तर्क पुष्टि भएको वैज्ञानिक अध्ययनबाट देखिएको छ ।

प्रतिकृया दिनुहोस