म्यानमारमा भेटियो ६ प्रकारका नयाँ कोरोना भाइरस

Corona 3

काठमाडौं । चीनबाट फैलिएको कोभिड–१९ (कोरोना) भाइरसले विश्वमा तहल्का मच्चाइरहेका बेला फेरि नयाँ ६ प्रकारका कोरोना भाइरसका विषयमा अनुसन्धान सुरु भएको छ ।

वैज्ञानिकहरुले यी ६ नयाँ कोरोना भाइरसले मानिसमा के असर गर्न सक्छन ? भन्ने विषयमा अनुसन्धान गरिरहेका छन् । यो टोलीले म्यानमारमा पाइने ११ प्रजातिका चमेरामा भाइरसको अध्ययन गरेको थियो ।

म्यानमारमा तीन प्रजातिका चमेरामा कोरोनाका ६ नयाँ सदस्यको पहिचान भएको हो । ग्रेट एसियाटिक यलो हाउस, रिंकल लिप्ड फ्री हेल्ड र हर्सफिल्ड लिफनोज्ड ब्याट् प्रजातिमा यस्तो भाइरस पाइएको हो ।

यी सबै कोभिड–१९ भाइरस एउटै परिवारका हुन् । नयाँ कोरोना भाइरसका जेनेटिक मोडल भने कोभिड–१९ भन्दा फरक रहेका छन् । यी सबै भाइरसर म्यानमारको चमेरामा पाइएको हो ।

यी ६ नयाँ कोरोना भाइरसको स्मिथसोनियन ग्लोबल हेल्थ कार्यक्रमका वैज्ञानिक मार्क भलिटुटो र उनको टोलीले पत्ता लगाएको हो । वैज्ञानिकहरुले यी ६ प्रकारका नयाँ भाइरस कोभिड–१९ कै परिवारका सदस्य हुन् । तर यीनको जेनेटिक मोडलमा फरक देखिएको छ ।

 

प्रतिकृया दिनुहोस