अमेरिकी कलाकार भ्यान्डरविल्टको निधन

एजेन्सी । अमेरिकी कलाकार तथा फेसन आइकन ग्लोरिया भ्यान्डरविल्टको निधन भएको छ । आमाशयको क्यान्सरका कारण उनको ९५ वर्षको उमेरमा घरमै निधन भएको हो ।

निधनका बेला परिवारका सदस्य साथमै रहेको उनका छोरा एन्डर्सन कुपरले बताएका छन् । एन्डर्सन कपुर अमेरिकाका चर्चित पत्रकार हुन्, जो सिएनएनमा कार्यरत छन् ।

उनले सन् १९७० र ८० को दशकमा डिजाइनर जिन्सलाई स्थापित गरेकी थिइन् । उनी आफ्नो परिवारको सम्पत्तीको स्वामित्वको विषयलाई लिएर सानैदेखि चर्चामा थिइन् । उनी १९ औँ शताब्दीका अति धनाड्या परिवारकी सदस्य हुन् ।

आफ्नी आमा सर्वोत्कृष्ट महिला रहेको र उनले जीवनलाई प्रेम गरेको छोरा एन्डर्सन कुपरले जारी गरेको वक्तव्यमा उल्लेख गरेका छन् । ग्लोरियाले आफ्नै शर्तमा जीवन बाँचेको कुपरले बताएका छन् ।

ग्लोरिया पेन्टर, अभिनेत्री, लेखक र डिजाइनर हुन् । उनी सर्वोत्कृष्ट आमा, श्रीमती र साथी रहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

ग्लोरिया दुई वर्षको नहुँदै उनका पिताको निधन भएको थियो । पिताको मृत्युपछि सम्पत्तीका लागि उनकी आमा र अन्टीबिच उनको पालनपोषणको जिम्मा लिनेबारे लामो मुद्दा चलेको थियो, जसले उनलाई सानैमा ‘पुअर लिटल रिच गर्ल’ रुपमा परिचित गराएको थियो । पालनपोषणको जिम्मा अन्ततः अन्टीले पाएकी थिइनन् ।

प्रतिकृया दिनुहोस