तान्त्रिक बाबालाई यौनसम्पर्क गर्न नदिँदा श्रीमतीलाई नदिमा डुबाएर हत्या

काठमाडौँ । तान्त्रिक बाबालाई यौनसम्पर्क गर्न नदिएको भन्दै एक पतिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।  तान्त्रिकसँग यौन सम्बन्ध राख्न नमानेको भन्दै भारतको उत्तर प्रदेशमा श्रीमानले श्रीमतीलाई नदीमा डुबाएर हत्या गरेका हुन् ।

३२ वर्षीया महिलाले तान्त्रिकसँग यौन सम्बन्ध राख्न नमानेका कारण उनलाई नदीमा डुबाएर हत्या गरेको प्रहरीले जनाएको छ । सो घटनामा संलग्न ती महिलाका श्रीमान् र तान्त्रिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पतिले तान्त्रिकसँग यौन सम्बन्ध राख्न बाध्य पारेको सो घटना  छोराले देखेपछि सहयोग माग्दै कराएका थिए । त्यसपछि घटनाबारे कसैलाई नभन्न छोरालाई धम्की दिइएको बताइएको छ । प्रहरी अधिकारी आकाश कुलहरीले पीडितका भाइ राजेश कुमारले दादोन प्रहरीमा निवेदन दिएर आफ्नी दिदीले दुई दिनअघि डराएको भावमा आफूलाई बचाउन फोनमा आग्रह गरेको जानकारी दिएका छन् ।

सुरुमा सो घटनालाई सौहार्दपूर्ण रुपमा समाधान गरिएको थियो । त्यसपछि अर्को दिन उनले श्रीमतीलाई नदीको छेउमा जान सहमत गराएर त्यहाँ लगी धकेलेदिएका थिए । सो घटनापछि मनपाल र सन्तपाल दुर्गा दासका नामले चिनिने तान्त्रिक नदी तरेर बदाउ जिल्लातर्फ भागेका थिए ।

उजुरी प्राप्त भएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ भने महिलाको शव नदीबाट निकालिएको छ । प्रहरीले तान्त्रिकविरुद्ध यसअघि पनि आपराधिक क्रियाकलापको रेकर्ड दर्ता भएको बताएका छन् । गत वर्ष उनको साथबाट प्रहरीले ठूलो परिमाणमा हेरोइन बरामद गरेको थियो ।

प्रतिकृया दिनुहोस