छोराले आफ्नै आमालाई घरको चौथो तलाबाट धकेलेर हत्या (हेर्नुहोस् भिडियो सहित)

नयाँ दिल्ली । छोराले आफ्नै आमालाई अपार्टमेन्टको चौथो तलाबाट धकेलेर हत्या गरिएको छ । भारतको राजकोटको दर्शना अपार्टमेन्टको चौथो तलबाट छोराले ६४ वर्षीय आमालाई अपार्टमेन्टको चौथो तलामा लिएर धकेलेर मारेको अभियोगमा पक्राउ गरेको छ ।

सन्दीप नामका ती युवकले आफ्नी आमालाई आफु बस्ने अपार्टमेन्टबाट बाहिर निकालेर लिफ्टसम्म लिन्छन् । सीसीटिभी फुटेजमा देखिए अनुसार सन्दीपले आमालाई लिफ्टबाट निकालेर अपार्टमेन्टको छतमा लिन्छन् । आमालाई लिएर गएका सन्दीप आफ्नो अपार्टमेन्टमा फर्किदा एक्लै फर्किन्छन् ।

सन्दीप कोठा पुगेको केही बेरमै एक जना उनको अपार्टमेन्टमा आएर आमाले छतबाट खसेर आत्महत्या गरेको कुरा सुनाउँछन् । सन्दीपले नाटक गरेर आमा खसेको ठाउँमा जान्छन् । सबैले सन्दीपको आमाले छतबाट हामफालेर आत्महत्या गरेको भने ।

राजकोट प्रहरीले पनि आत्महत्या गरेको पुष्टी गर्याे । राजकोट प्रहरीले अनुसन्धन गर्दा ६४ वर्षीय ती महिलालाई हिडडुल गर्ने अरुको साहरा चाहिने पत्ता लागेपछि प्रहरीले महिलाको हत्या भएको दिनको सिसिटिभी फुटेज हेर्दा ती महिलाले आत्महत्या नभई निर्दही छोराले छतबाट खसालेको पत्ता लाग्यो । प्रहरीले सन्दीपलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको बताएको छ । 


Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...