गर्मीले विहारमा ७१ को मृत्यु, मृतकका प्रति परिवारलाई ४ राहत दिने राज्य सरकारको घोषणा

काठमाडौं । अत्याधिक गर्मीका कारण भारतको विहारमा मात्रै ७१ जनाको मृत्यु भइसकेको छ । यद्यपि बिहार सरकारले भने यसको पुष्टि गरेको छैन । 

राज्य सरकारका प्रधान सचिवले उनीहरुको ज्यान जानुको कारणबारे अध्ययन गरेपछि मात्र सार्वजनिक गरिने बताएका छन् । गर्मीका कारण बिहारको औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादामा १३ गरी ७१ जनाको मृत्यु भएको जिल्ला अस्पताललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

राज्य सरकारले ज्यान गुमाएकाका आफन्तलाई ४ ४ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । विहारमा ज्वरोको कारण शनिबार मात्रै झण्डै २० जना बालिबालिकाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिकृया दिनुहोस