सेफ्टी ट्यांकी सफा गर्ने क्रममा सात जनाको मृत्यु

गुजरात । भारतको गुजरात राज्यस्थित एउटा होटलको सेफ्टी ट्यांकी सफा गर्ने क्रममा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्यांकी सफा गर्न बोलाइएका चार जना मजदुर र उनीहरुलाई सघाएका होटलकै तीन जना कामदार रहेको प्रहरीले जनाएको छ ।


घटनामा होटलका मालिक पनि दोषी देखिएको स्थानीयले बताएका छन् । होटलका मालिकले ट्यांकी सफाइ गर्ने बेला पर्याप्त स्रोत साधनको प्रयोग नगरेर लापरबाही गर्दा घटना भएको प्रहरीले जनाएको छ ।


ट्यांकी सफा गर्न सुरुमा एक जना पसेको र उनी बाहिर ननिस्किएपछि उनलाई निकाल्न भन्दै अरु व्यक्ति भित्र पस्दा धेरैको मृत्यु भएको उद्धार कार्यको नेतृत्व गरेका भाडोडाराका अग्नि नियन्त्रक अधिकृत निकुन्ज आजादले जानकारी दिए ।


सफाइका लागि आएका चार जना बाहिर आउन नसकेपछि होटलमा काम गर्ने अरु तीन जना पनि भित्र पसेका थिए । उनीहरुको मृत्यु भएको बताइएको हो । भारतमा हरेक वर्ष यस्तै घटनामा परी सयौं मजदुरको मृत्यु हुने गरेको छ ।

प्रतिकृया दिनुहोस