सेफ्टीक ट्याङ्की सफा गर्दा ७ जनाको मृत्यु

नयाँ दिल्ली । सेफ्टीक ट्याङ्की सफा गर्दा ७ जनाको मृत्यु भएको छ । भारतको पश्चिमी क्षेत्रमा रहेको एउटा होटलको सेफ्टीक ट्याङ्की सफा गर्ने क्रममा सात जनाको मृत्यु भएको हो । स्थानीय प्रहरीले आइतबार दिएको जानकारी अनुसार घटनामा होटलका मालिक पनि दोषी देखिएका छन् । 

गुजरात राज्यको भाडोडारा जिल्लामा शुक्रबार राती घटना भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुले होटल मालिकले लापर्वाही गरेको पनि बताएका छन् । 

मृत्यु हुनेमा ट्याङ्की सफा गर्न बोलाइएका चार जना मजदुर र उनीहरुलाई सघाएका होटलमै काम गर्दै आएका अरु तीन जना रहेको प्रहरीले जनाएको छ ।  भारतमा हरेक बर्ष यस्तै घटनामा परी सयौँ मजदुरको मृत्यु हुनेगरेको छ । 

‘सुरुमा ट्याङ्कीमा एक जना पसेका थिए, उनी बाहिर निस्कन नसकेपछि अरु उनलाई निकाल्न भित्र गएका थिए, तर उनीहरु पनि निस्कन सकेनन्,’ उद्धार कार्यको नेतृत्व गरेका भाडोडाराका अग्नी नियन्त्रण अधिकृत निकुन्ज आजादले भने ।

सफाईकै लागि आएका चारै जना बाहिर आउन नसकेपछि होटलमा काम गर्ने अरु तीन जना गएका थिए । उनीहरु पनि बाहिर आउन नसकेको उनले बताए ।  अहिले उनीहरु सवैको शब बाहिर निकालेर पोष्ट मार्टम गर्न पठाइएको आजादले जानकारी दिएका छन् । एजेन्सी 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...