पश्चिम बंगालमा कांग्रेस र तृणमूल कांग्रेसबीच झडप हुँदा तीनको मृत्यु

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा तृणमुल कांग्रेस र भारतीय राष्ट्रिय कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन जनाको मृत्यु भएको छ । झडपमा तृणमूल कांग्रेसका तीन कार्यकताको मृत्यु भएको हो ।

शनिबार बिहान पश्चिम बंगालको मुर्शिदावादमा भएको झडपमा तृणमूल कांग्रेसका कार्यकर्ता खैरुद्दीन शेख, सोहेल राणा र परिचय नखुलेका अर्का एक कार्यकर्ताको मृत्यु भएको प्रहरी र स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । लोकसभाको चुनाव अघि पनि ढोलमोल पञ्चायत समितिका अल्ताफ हुसैनका हत्या भएको थियो । हत्याका आरोपी केही दिनमै रिहा भएका थिए ।

शनिबार हत्या हुने सोहेल राणा र खैरुद्दीन शेख अल्ताफका छोरा र भाइ हुन । घटनापछि यस इलाकामा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । तृणमूलले आफ्ना कार्याकर्ताको हत्याको पछाडि कांग्रेसको हात रहेको आरोप लगाएको छ ।

घटनाका बारेमा खैरुद्दीनका छोराले भने, ‘हामी घरमा सुतिरहेका थियौँ, अचानक बम हमाला भयो। उनीहरुले बाबामाथि हमाला गरे ।’ उनले केही दिन पहिले काका अल्ताफको हत्या पनि उनीहरुले नै गरेको र उनीहरु कांग्रेसको कार्यकर्ता भएको बताए ।

पीश्चम बंगालमा अहिलेसम्म भारतीय जनता पार्टी र तृणमूल कांग्रेसकाबीच झडप हुँदै आएको थियो । शुक्रबार मात्र मुख्यमनत्री ममता बेनर्जीले भाजपाप्रति आक्रमक रुपमा प्रस्तुत भएकी थिइन् । उनले आफ्नो राज्यलाई गुजरात बन्न नदिने उद्घोष गरेकै भोलिपल्ट उनका तीन कार्यकर्ताको हत्या भएको हो ।

प्रतिकृया दिनुहोस