टिकटकको लत लागेकी महिलाले टिकटकमै यसरी गरिन् लाइभ आत्महत्या (हेर्नुहोस् यो भिडियो)

काठमाडौँ । टिकटकको लत लागेकी एक महिलाले टिकटकमै लाइभ आत्महत्या गरेकी छन् । टिकटकमा अत्याधिक भिडियो बनाउने ती युवतीले टिकटकमै लाइभ आत्महत्या गरेकी हुन् ।  श्रीमानसँग सामान्य विवाद भएपछि भारतमा एक महिलाले “टिकटक” मा लाइभ गरेर आत्महत्या गरेकी छन् ।

भारत तमिलनाडु स्थिति अरियालुरमा २४ वर्षीय अनिता नाम गरेकी युवतीले विष पिएर आत्महत्या गरेकी हुन् । भारतीय संचार माध्यमहरुका अनुसार आत्महत्या गर्ने अनितालाई “टिकटक” को लत नै लागेको थियो ।“टिकटक” कै विषयलाई लिएर परिवारमा दिनहुँ किचलो भएपछि अनिताले आत्महत्या गरेको मिडियाहरुले बताएका छन् ।

धेरै “टिकटक” चलाएको भन्दै श्रीमानले गालि–गलौज गरेपछि अनिताले आत्महत्या गरेको बताइएको छ । अनिताले विष पिएर आत्महत्या गरेको भिडियो सामाजिक संजालहरुमा पनि देखा परेको छ । आफ्नो अन्तिम भिडियोमा अनिताले पतिलाई सम्बोधन गर्दै छोरा–छोरीलाई ध्यान दिन आग्रह गरेकी छन् ।

पतिलाई सम्बोधन गरेपश्चात महिलाले सेतो बोतलमा रहेको विष पिएको भिडियोमा देखिएको छ। प्राप्त जानकारी अनुसार विष पिए लगतै उनको मृत्यु भएको थियो । आत्महत्या गर्ने अनिताका पति पलानीभेल सिंगापुर रहँदै आएका छन् । धेरै समय अगाडी देखि “टिकटक” को लत लागेकी अनिताले दैनिक जस्तो भिडियो बनाउने गरेकी थिइन् ।

सोहि विषयलाई लिएर पति–पत्नी बीच झगडा हुने गरेको थियो । अनितालाई चिन्ने नजिकका महिला साथीहरुका अनुसार उनी “टिकटक” बिना बस्न नै सक्दैनथिन् ।

Video

प्रतिकृया दिनुहोस