प्रेमी जोडीले गरे एक–अर्कालाई गोली हानी आत्महत्या, तस्बिर भयो समाजिक सञ्जालमा भाइरल

काठमाडौं  । बिहे नहुने भएपछि एक जोडिले एक अर्कालाई गोली हानी आत्महत्या गरेका छन् । त्यो जोडीले एक अर्कालाई गोली हान्नु भन्दा अगाडी खिचेको सेल्फीले अहिले सामाजिक सञ्जाल तताइरहेको छ । मानिसले उक्त तस्बिरलाई लिएर विभिन्न टिका टिप्पणी गरेका छन् ।

यो जोडीले मृत्युको बाटो रोज्नु पारिवारिक दवाव वा अरु कुनै कारण हो त्यो अहिलेसम्म खुलेको छैन । भारतको राजस्थाको बाडमेर जिल्लामा भएको यो घटनाले भारतीय सञ्चार माध्यामको ध्यान तानेको छ । बाड़मेरको चौहटन थाना क्षेत्रको लीलसर गाउँ नजिकै एक जोडीले आत्महत्या गरेको खबर सार्वजनिक भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार दुई जनाले एक अर्कालाई गोली हानेका थिए । मर्नेहरुमा शंकर नामको केटा र अंजू नामकी केटी रहेको जनाइएको छ । आत्महत्याको जानकारी पाए लगत्तै थानाधिकारी रमेश ढाका समेतको टोली घटनास्थल पुगेको थियो । दुवै जनाको शबलाई नियन्त्रणमा लिएर प्रहरीले दुवैको परिवारलाई जानकारी गराएको छ ।

घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु केही दिनदेखि वेपत्ता भएको जानकारी दिइएको थियो । उनीहरु बिच केही दिनदेखी प्रेम एकदमै गहिरो भएको थियो । यो जोडी बुधबार हराएको थियो भने आज मृत अवस्थामा भेटिएका हुन् । दुवै जनाको शवलाई चौहटन सीएचसी राखिएको छ । उनीहरुको त्यहाँ पोस्टमार्टम हुने जानकारी दिइएको छ ।

उनीहरुले एक अर्कालाई गोली हानेको अवस्थाको तस्वीर अहिले भाइरल भइरहेको छ । उनीहरुले हतियार कहाँबाट पाए भन्ने विषयमा प्रहरीले अनुसन्धान तिव्र बनाएको छ । घटनास्थलमा बियर र चुरोट पनि फेला परेको छ ।

उनीहरुको विवाहलाई लिएर घर परिवारले दबाब दिएको थियो वा अरु केही कारणले आत्महत्या गरेका हुन भन्ने विषयमा अनुसन्धान चलिरहेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस