मेक्सिकोमा महिला पत्रकारको गोली हानी हत्‍या

मेक्सिको । मेक्सिकोमा अपराध बिटमा कलम चलाउने महिला पत्रकारको हत्‍या गरिएको छ । साराबिया मेक्सिकोको दक्षिण पूर्वमा मास्क लगाएर मोटर साइकलमा आएका दुईजना अज्ञात व्‍यक्तिहरुले नोर्मा साराबियाको हत्‍या गरेको बीबीसीले जनाएको छ ।

मेक्सिकोमा यो वर्ष मात्रै पत्रकार मारिनेको संख्‍या ६ जना पुगेको त्‍यहाँका स्थानीय पत्रिकाहरुले उल्लेख गरेका छन् । साराबिया विगत १५ वर्षदेखि पत्रकारिता गर्दै आएकी थिइन् भने हाल भने सिटी अफ ह्‍युमाङगुलियोका लागि काम गर्थिन् ।

मानव अधिकारवादीहरुले अनुसार सन् २००० सम्‍म मेक्सिकोमा करीब सयजना पत्रकारहरु मारिएको दाबी गरेका छन् । तीमध्‍ये सबैभन्दा धेरै राजनीतिक भ्रष्टाचार र लागू औषध कारोबारबारे गरिएको रिपोर्टङ गर्ने पत्रकारहरु यसको निशानामा पर्दै आएका छन् ।

बन्दुकधारीहरुले साराबियालाई मंगलबार राति ह्‍य्माङषिलियोमा हत्‍या गरेको मेक्सिकोका स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । त्‍यहाँको मिडियाले पत्रकार साराबियाले स्थानीय पत्रिकाहरुमा निष्ठापूर्वक काम गरेको र चर्चित रहेको बताएका छन्।

यस्तै ताबास्को होइ सम्पादकीय निर्देशक हेक्टर तापियाले ट्विटरमा साराबियालाई श्रद्धाञ्‍जली दिँदै भनेका छन्, ‘हामीलाई साह्रै दुस्ख लागेको छ । परिवारलाई धैर्यधारण र साहास जुटाउन आग्रह गर्दछौँ ।’ मेक्सिको सरकारले यसलाई निक्कै दर्दनाक र दुस्खदायी घटना भनेको छ ।

प्रतिकृया दिनुहोस