साउदी अरबको एयरपोर्टमा मिसाइल हमला २६ घाइते

इरानी उच्च प्रविधिको हतियारको प्रयोग

काठमाडौं । साउदी अरबको एयरपोर्टमा मिसाइल हमला हुँदा २६ जना घाइते भएका छन् ।  यमनी विद्रोही समूह हाउठीले साउदी अरेबियाको अभा एयरपोर्टमा मिसाइल आक्रमण गरेको जनाइएको छ । अधिकारीहरुका अनुसार विदेशीहरु समेत घाइते भएका छन् । घाइतेमध्ये महिला र बालबालिका समेत छन् । उनीहरुलाई नजिकको अस्पतामा लगिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

तर कस्तो किसिमको मिसाइल आक्रमण भएको भन्ने पुष्टि भइनसकेको अलजजिराले जनाएको छ । तर इरानी उच्च प्रविधिको हतियार भएको कुरा सरकारी विज्ञप्तिमा उल्लेख छ ।

हाउठी संलग्न मसिराह टेलिभिजनको रिपोर्ट अनुसार ‘क्रुज मिसाइल’ आक्रमण भएको थियो । बिहीबार भएको उक्त घटनाबारे पूर्ण विवरण भने आइनसकेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

प्रतिकृया दिनुहोस