पुलिसले पत्रकारको लुगा खोले,कुटे,मुखमा पिसाब फेरेर जेलमा थुने

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा पुलिसले एक पत्रकारलाई लुगा खोलेर कुटेर मुखमा पिसाब फेरेर जेलमा थुनेको घटना बाहिर आएको छ ।   मंगलबार राती उत्तर प्रदेशको शामलीमा यो घटना भएको हो ।

ती पत्रकारले रेलको लिकबाट हटेकोबारे जानकारी जुटाइरहेका बेला उनीमाथि गभर्नमेन्ट रेल पुलिस (जिआरपी) का जवानले कुटपिट सुरु गरेको भारतीय मिडियाले समाचारमा जनाएका छन् ।

कुटपिटको घटना भिडियोमा पनि कैद गरिएको छ । पत्रकार अमित शर्माका अनुसार पुलिसले उनको मुखमा पिसाबसमेत फेरेका थिए । घटनापछि दुई पुलिसलाई निलम्बित गरिएको जानकारी छ ।

भारतीय मिडियाका अनुसार एसएचओ राकेश कुमारसँग आएका दलले पत्रकारलाई कुटपिट गरेका हुन् । उनले आफ्नो कामबारे बताउने कोसिस गरिरहेका बेला उनीमाथि आक्रमण भएको बताइएको छ ।

एएनआईका अनुसार अमित धिमनपुरा नजिकै रिपोर्टिङ गरिरहेका थिए । सादा पोसाकमा भएका पुलिसले उनीमाथि कुटपिट गरेको र अन्य एकले उनले बोकेको क्यामरा खसालिदिएको पनि जानकारीमा उल्लेख छ ।  




उनले भने, ‘मैले क्यामरा उठाउने कोसिस गर्दा उनीहरुले ममाथि हमला गरे । पछि उनीहरुले मलाई जेलमा थुने पनि । यति मात्र होइन, मेरो कपडा फुकालियो र मुखमा पिसाबसमेत फेरियो ।’


एक समाचार च्यानलसँग काम गरिरहेको पत्रकार अमितमाथि कुटपिटपश्चात् सोसल मिडियामा मानिसहरुले रोष व्यक्त गरेका छन् । मानिसहरुले ती पुलिसमाथि कडा कारवाहीको माग गरेका छन् ।


अमित शर्माले भने, ‘केही दिन अघि रेलसेवामा गडबडीबारे फर्दाफास गरेको थिएँ । यसै कारण रेलवे पुलिसले नीजि दुश्मनी निकाल्नका लागि ममाथि कुटपिट गरेका हुन् ।’


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...