विमान अपहरणको धम्की दिनेलाई जन्मकैदको सजाय

काठमाडौं । भारतमा विमान अपहरणको धम्की दिने एक व्यापारीलाई जन्मकैदको सजाय सुनाइएको छ । हिन्दुस्तान टाइम्सका अनुसार विशेष एनआईए कोर्टले मुम्बईका एक व्यक्तिलाई विमान अपहरणको धम्की दिएको अभियोगमा जन्मकैदको सजाय सुनाएको हो ।


यसका साथै अदालतले दोषीमाथि पाँच करोड रुपैयाँ जरिमाना पनि तोकेको छ । अदालतले उक्त रकम विमानको चालक दलका सदस्य र यात्रीहरुलाई दिन आदेश दिएको छ। न्यायाधीश केएम दवेले बिरजू सल्लालाई यस्तो सजाय सुनाएका हुन् ।


यो घटना अक्टुबर २०१७ को हो । विमानमा सवार सल्लाले अंग्रेजी र उर्दू भाषामा लेखिएको धम्कीयुक्त पत्र मुम्बईबाट दिल्ली गइरहेको फ्लाइटको शौचालयमा रहेको टिश्यू पेपर बक्समा राखेका थिए । पक्राउ परेका सल्लालाई नो फ्लाई लिस्टमा राखिएको थियो ।

प्रतिकृया दिनुहोस