उत्तर कोरियामा मृत्युदण्ड दिइएका ३ सय १८ स्थानको पहिचान

काठमाडौं । दक्षिण कोरियाको एक गैरसरकारी संस्थाले उत्तर कोरियाली सरकारले सार्वजनिक रुपमा सर्वसाधारणलाई मृत्युदण्ड दिएका ३ सय १८ वटा स्थानको पहिचान भएको जनाएको छ ।

ट्रान्जिसनल जस्टिस वर्किङ ग्रुपले चार वर्षको अवधिमा ६ सय १० जना उत्तर कोरियालीहरुसँग भगौडाहरुसँग अन्तरवार्ता लिएर तयार पारेको प्रतिवेदनमा सार्वजनिक रुपमा मृत्यु दण्ड दिइएका स्थान पहिचान गरेको जनाएको हो ।

प्रतिवेदनमा गाई चोरी गरेको देखि लिएर दक्षिण कोरियाली टेलिभिजन हेरेकोसम्मको आरोपमा उत्तर कोरिया सरकारले मृत्युदण्ड दिएको उल्लेख छ ।

समूहले नदी किनार, खेत, विद्यालय र खेलकुद मैदानमा सार्वजनिक रुपमै मानिसहरुलाई मृत्युदण्ड दिइएको दाबी गरेको छ ।

‘म्यापिङ द फेट अफ द डेड’ नामक प्रतिवेदनमा सार्वजनिक रुपमा मृत्युदण्ड दिइएको हेर्न एक हजारभन्दा बढी सर्वसाधारण जम्मा हुने गरेको उल्लेख छ ।

मृत्युदण्ड दिइने मानिसका आफन्त तथा नाबालकलाई कतिपय घटना हेर्न बाध्य पारिएकोसमेत प्रतिवेदनमा आरोप लगाइएको छ ।

उत्तर कोरियाका जेल र श्रम शिविरजस्ता बन्दीगृहमा पनि मृत्युदण्ड दिने गरिएको छ ।

बन्दीगृहमा राजनीतिक अपराध गरेको अभियोग लगाइएका मानिसलाई खानी उत्खनन् र रुख कटानीजस्ता शारीरिक श्रम गर्न बाध्य पार्ने गरिन्छ ।

उत्तर कोरियाली भगौडाहरुले दिएको जानकारीअनुसार अधिकांशलाई गोली हानेर मृत्युदण्ड दिने गरिएको प्रतिवेदनमा उल्लेख छ । (एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...