बढी सुन्दर भएकै कारण यी महिलालाई गरियो कारवाही, चिटमा लेखियो ‘आइ लभ यू’

काठमाडौँ । बढी सन्दर भएकै कारण एक युवतीलाई कारबाही गरिएको छ । सुन्दर हुने चाहान सबैलाई हुन्छ तर कहिलेकाहीँ बढी सुन्दरताले पनि दुख पाइने रहेछ । उरुग्वेको पेसेन्दु सहरमा हालै यस्तै घटना भएको छ ।

हालै उक्त सहरमा ती सुन्दर महिला बाइक चलाएर आफ्नो गन्तव्यतर्फ जाँदै थिइन् । उनलाई बीच बाटोमै ट्राफिक प्रहरीले रोक्यो र जरिवानाको रसिद काट्यो । त्यहाँ अहिले एकजना सुन्दर महिला र ट्राफिक पुलिस चर्चाको केन्द्रमा छन् ।

ती महिलालाई ट्राफिकले जरिवाना तिराउनुको कारण भने रोचक रहेछ । महिला बढी सुन्दर भएका कारण सडकमा रहेका अन्य यात्रु तथा चालकहरुको ध्यान भड्किन सक्ने र दुर्घटना हुनसक्ने भन्दै उनलाई जरिवाना गरिएको रहेछ ।

ट्राफिक प्रहरीले ती महिलालाई जरिवानाको रसीद मात्र काटेनन् स्पेनिस भाषामा ‘आइ लभ यू’समेत लेखे । जब ती महिलाले आफुले पाएको उक्त रसिदलाई सोसल मिडियामा शेयर गरिन् तब त्यसले ठूलै तहल्का मच्चायो । धेरै मानिसले ट्राफिक पुलिसको आलोचना गरे र महिलामाथि हिंसा गरेको जिकिर गरेका छन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...