श्रीमानकै अगाडि पाँच जनाले गरे श्रीमतीको पालै पालो बलात्कार, भिडियो खिचेर उल्टै धम्की

काठमाडौँ । श्रीमानकै अगाडि पाँच जना मिलेर श्रीमतीको सामुहिक बलात्कार भएको छ ।  पछिल्ला दिनहरुमा महिलामाथिको यौन हिंसा डरलाग्दो समस्याको रुपमा बढिरहेको छ । भारतको राजस्थानको अलवर जिल्लामा एक दलित महिलालाई उनका श्रीमानको अगाडि नै सामूहिक बलाकार गरिएको छ ।

दम्पत्तीको बाटो छेकेर सुनसान स्थानमा पुर्याइयो र श्रीमतीमाथि सामूहिक बलात्कार गर्नुको साथै श्रीमानलाई निर्घात कुटपिट समेत गरेका छन् । पीडितका अनुसार आफ्ना श्रीमानसँग मोटरसाइकलमा गइरहेका बेला पाँचजनाले उनीहरुलाई घेरेर रोके र सुनसान स्थानमा लगेर श्रीमानको सामुन्ने नै बलात्कार गरेका थिए ।

उनीहरूले बलात्कार गरेको र श्रीमानमाथि निर्घात कुटपिट गरेको भिडियो समेत बनाएका छन् । अहिले उक्त भिडियो भाइरल बन्दै गएको छ । यस विषयमा दलित संगठनले अलवरको थानामा प्रदर्शन पनि गरेका छन् ।

बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने चार जनाको खोजी भइरहेको छ । घटना अप्रिल २६ को बताइएको छ । भिडियो भाइरल गरिदिने चेतावनी दिएकाले पीडित दम्पत्तीले यसबारे मुख खोल्ने हिम्मत नगरे दलित संगठनको दाबी छ । दलित संगठनले सोमबार पनि प्रदर्शन गर्दै राष्ट्रिय राजमार्ग समेत अवरूद्ध  गरेको खबर बीबीसीमा उल्लेख छ  ।

त्यसपछि पुलिस सक्रिय भएर एक अभियुक्तलाई पक्राउ गर्यो । राज्यका पुलिस महानिर्देशक कपिल गर्गले पत्रकार सम्मेलनमा घटनामा पाँचजनाको संलग्नता देखिएको र अभियुक्तको खोजीमा १४ समूह गठन गरिएको जानकारी दिए । पीडितको मेडिकल एवं फरेन्सिक जाँच पनि भइरहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस