विमानमा महिलाले शौचालय सम्झेर आकस्मिक ढोका खोलेपछि...

काठमाडौं । विमानमा महिलाले शौचालय सम्झेर आकस्मिक ढोका खोलेकी छन् । यो अनौठो घटना इङल्याण्डको मेनचेस्टर एयरपोर्टमा भएको छ । विमानमा रहेकी एक महिलाले शौचालयको ढोका सम्झिएर विमानको इमर्जेन्सी गेट खोलेकी थिइन् ।  

पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको पीके ७०२ विमानमा रहेकी  ती महिलालाई शौचालय जानु थियो ।  उनले शौचालयको ढोका सम्झिएर गल्तीले विमानको इमर्जेन्सी गेट खोलिन् । शुक्रवार उड्नको लागि रनवेमा रहेको विमानमा यस्तो घटना भएको हो ।  पीआईएका प्रवक्ताले भने,सो समय विमान रनवे मा थियो । यसैकारण विमान मेनचेस्टरबाट इस्लामाबाद सात घण्टा  ढिलो पुगेको थियो ।

 घटनापछि विमानमा रहेका ४० यात्रुहरुले तुरुन्तै उनिहरुलाई सामानसहित विमानबाट उतारिएको थियो । सात घण्टा होटलमा राखेर  उनिहरुलाई अर्को बिमानबाट इस्लामाबाद पठाइएको थियो । सो क्रममा यात्रिहरुको बस्ने र होटलमा खनेको सुविधा विमान कम्पनीले व्यहोरेको समाचारमा जनाइएको छ ।

 पाकिस्तान एयरलाइन्सका मुख्य कार्यकारी अधिकारी एयर मार्शल अरशद मलिकले घटनाको जांचको आदेश दिएका छन् । पीआईए केहि बर्षदेखि घाटामा चलिरहेको छ । पाकिस्तान सरकार यसलाई सुधार्ने  कोशिश गरिरहेको छ ।

प्रतिकृया दिनुहोस