भेनेजुएला र कोलम्बियाबीचको सीमा नाका चार महिनापछि खुल्यो

एजेन्सी । भेनेजुएला र कोलम्बियाबीचको सीमा नाका खुला भएको छ । चार महिनादेखि बन्द भएको सीमा खुला गरिएसँगै भेनेजुएलाका लाखौं नागरिक अत्यावश्यकीय सामान खरिदका लागि कोलम्बियाको सीमापारी पुगेका छन् ।

गत फेब्रुअरीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सीमा नाका बन्द गरेका थिए । आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता हुँवा गोइदोले अमेरिकालगायतका देशबाट मानवीय सहायताका सामान भित्र्याउन आह्वान गरेपछि राष्ट्रपति मदुरोले सीमा नाका बन्द गरेका थिए ।

लामो समयदेखि आर्थिक संकटमा गुज्रिरहेको भेनेजुएलामा मानवीय सहायतासमेत उपलब्ध हुन नसकेपछि विपक्षी नेता हुँवा गोइदोले सहायता उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए ।

तर, राष्ट्रपति मदुरोले भने अमेरिकालगायतका युरोपेली मुलुकबाट कुनै पनि हालतमा सामानहरु भित्रिन नदिने अडान राख्दै सीमा नाका बन्द गराएका थिए । विपक्षी नेताको आह्वानअनुसार अमेरिकालगायत युरोपेली मुलुकहरुले भेनेजुएलाका लागि मानवीय सहायता बोकेका गाडि कोलम्बियाको कुकुतासम्म पु¥याएका थिए ।

तर, नाका बन्द भएपछि ती सामान भेनेजुएला भित्रन पाएका थिएनन् । सीमा बन्द भएपछि लाखौं भेनेजुयाली नागरिक उपभोग्य सामान खरिद गर्नबाटसमेत बञ्चित हुँदै आएका थिए । संयुक्त राष्ट्र संघीय एजेन्सीले सन् २०१५ यता ४० लाख भेनेजुयाली नागरिक विस्थापित भएको जनाएको छ ।(एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...