१० हजार ऋण तिर्न नसक्दा छोरीको अपहरण गरी क्षतविच्छेद अवस्थामा शव फेला

काठमाडौ । पैसा लेनदेनको विवादमा बालिकालाई अपहरण गरी क्षतविच्छेत अवस्थामा शव फेला परेको छ । भारतको उत्तर प्रदेशको अलीगढमा पैसाको लेनदेनको विवाद हुँदा अढाई वर्षकी बालिकाको हत्या भएको छ । बालिकाको शव क्षतविच्छेद हालतमा नालीमा भेटिएको थियो । घटनामा सलंग्नको आशंकामा दुई जना व्यक्ति पक्राउ गरिएको उत्तर प्रदेश प्रहरीले जनाएको छ ।  

मे ३१ को दिन अलीगढको टप्पलबाट बालिका हराएकी थिइन् । उनका अभिभावकले आफ्नो छोरी हराएको मुद्दा पनि दायर गरेका थिए । तर जुन २ मा नालीमा बच्चीको शव भेटियो । 

अलीगढका वरिष्ठ प्रहरी अधिकारी आकाश कुलहरीले घटनाबारे बोल्दै भने ,‘ प्रारम्भिक जाँचमा आपसी दुश्मनीको घटनाजस्तो देखिन्छ । बच्चीको पितासँगको सोधपुछमा केही दिन पहिले उनको छिमेकीमा बस्ने जाहिद नामका व्यक्तिसँग पैसालाई लिएर झगडा भएको बताए । घटनापछि बालिकाको परिवारलाई गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिइएको रहेछ ।’

अनुसन्धानका क्रममा बच्चीको अभिभावकले जाहिदसँग १० हजार ऋण लिएको देखिएको छ । तिनले सो रकम तिर्न नसकिरहेको अवस्थामा बालिकाको अपहरण पछि हत्या भएको प्रहरीको निष्कर्ष छ । प्रहरीका अनुसार घटनासम्बद्धमा दुई आरोपी जाहिद र असलमलाई पक्राउ गरिएको छ । दुवै जना मृत बालिकाको परिवारको छिमेकी हुन् । 

अलीगढका वरिष्ठ प्रहरी अधिकारी आकाश कुलहरिले भने ,‘मे ३१ को दिन अपहरणको मुद्दा दर्ता भएको थियो । घटनासम्बद्धमा दुई जना पक्राउ परेका छन् । तिनले आफ्नो अपराध स्वीकारिसके । बालिका बलात्कृत भएको प्रमाणित भएको छैन । घाँटी दावेर मारिएको देखिन्छ । उनको आँखा निकालिएको छ । आरोपी अहिले जेलमा छन् ।’

बालिका गुमाएकी आमाले घटनाबारे भनिन् ,‘एक सरसफाईकर्मीको सुचनापछि छोरीको शव पत्ता लाग्यो । हामी त्यहाँ पुग्दा उनको एउटा हात थिएन, खुट्टा पनि भाच्चिएको थियो । उसको आँखा एसिडले जलाइएको थियो । मेरी छोरीले के गल्ती गरेकी थिइन्, त्यस्तो गर्नको लागि । ती अपराधीलाई फासीँको सजायँ हुनुपर्छ ।’ 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...