अमेरिकाले सोमबारबाट मेक्सिकोमाथि दण्डात्मक कर लगाउने

काठमाडौं । अमेरिकाले मेक्सिकोबाट आयात हुने सामानमा दण्डात्मक कर लगाउने निर्णय निकै अघि बढेको जनाएको छ ।अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सोमबारदेखि लागू हुने गरी दण्डात्मक कर लगाउने निर्णय निकै अघि बढेको जनाएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता सारा स्याण्डर्सले आप्रवासीलाई सिमा क्षेत्रमा कडाइ गर्ने विषयमा मेक्सिकोसँग भएको कुराकानीमा ‘प्रगति’ भए पनि मेक्सिकोलाई थप कर लगाउने यसअघिको निर्णय लागू हुने लगभग निश्चित रहेको बताइन ।

उनले करबारे यसअघि आएको अमेरिकी धारणामा कुनै परिवर्तन नभएको स्पष्ट पारिन । युरोप भ्रमण जाने क्रममा प्रवक्ता स्यान्डर्सले कर लगाउने विषयमा थप छलफल गर्न आफूहरु तयार रहेको तर अहिलेका लागि भने सोमबारदेखि कर वृद्धि हुने बताइन ।

यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँग पाँच प्रतिशत थप कर लिने निर्णय गरेका थिए । तर अमेरिकी राष्ट्रपतिको निर्णयको मेक्सिकोले विरोध गर्दै आएको छ ।

मेक्सिकोले सीमानामा आप्रवासी शरणार्थीलाई अमेरिका प्रवेशमा नियन्त्रण गर्न अपनाउनुपर्ने आवश्यक प्रक्रिया शुरू नगरेको साथै मेक्सिको र अमेरिकाको सिमाना हुँदै अमेरिका प्रवेश गर्ने आप्रवासीको नियन्त्रणमा नसघाएको आरोपमा उसले थप करको घोषणा गरेको मेक्सिकोको दाबी छ । (एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...