अमेरिका र रुसका दुई लडाकु पानी जहाज ठूलो दुर्घटनाबाट जोगिए

काठमाडौं । अमेरिका र रुसका दुई लडाकु पानी जहाज गम्भीर दुर्घटना हुनबाट जोगिएका छन् । पश्चिमी प्रशान्त महासागरमा रहेका दुवै देशका पानी जहाज निकै नजिक पुगेर पनि आपसमा ठोक्किनबाट भने बचेका हुन् ।

दुई लडाकु पानी जहाजबीचको दूरी ५० मिटर मात्र रहेको बताइएको छ । दुवै देशले घटनाका लागि एक अर्कामाथि आरोप लगाएका छन् ।

दुर्घटनाबाट जोगिनका लागि रुसी लडाकु पानी जहाजले आपतकालीन रुपमा दिशा परिवर्तन गरेको थियो ।(एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...