हावाहुरीका कारण भारतको उत्तर प्रदेशमा १८ को मृत्यु, २० भन्दा बढी घाइते

नयाँ दिल्ली । हावाहुरीका कारण भारतको उत्तर प्रदेशमा १८ जनाको ज्यान गएको छ भने २० भन्दाबढी घाइते भएका छन् । एटा र कासगञ्जमा तीन–तीन र मुरादावाद, महोबा, फररुखावाद, बदायुन र पिलीभितमा एक–एक जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

हावाहुरीबाट उत्तरप्रदेशको मैनपुरीमा सबैभन्दा बढी ६ जनाको मृत्यु भएको छ । मौसम विभागका निर्देशक जेपी गुप्ताले हावाहुरीको खतरा अझै टरीनसकेको बताएका छन् । अझै दुईतिन दिनसम्म हावाहुरीको सम्भावना रहेको बताइएको छ । हावाहुरीको समयमा सर्तक रहन मानिसहरुलाई सुझाव दिइएको छ ।

बिहीबार राती उत्तर प्रदेशको मैनपुरी, एटा, कासगञ्ज, मुरादावाद, महोबा, हमीरपुर, फरुखावाद, बदायुन र पिलिभितमा ठूलो हावाहुरीका साथै वर्ष भएको थियो। कैयौँ ठाउँमा असिना समेत परेको थियो।उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले पिडित परिवारका लागि आर्थिक सहायोगकको घोषणा गरेका छन् । साथै पिडीतहरुका लागि राहत र उद्दार कार्य चलाइएको छ।

प्रतिकृया दिनुहोस