नेमारलाई बलात्कारको आरोप लगाउने महिलाले अन्तर्वार्तामा के भनिन् ?

काठमाडौँ । चर्चित फुटबल खेलाडी नेमारले आफूलाई बलात्कार गरेको आरोप लगाएकी एक महिलाले सो विषयमा अन्तर्वार्ता दिएकी छन् । गत शुक्रवार नेमारविरुद्ध उजुरी दर्ता गरेकी नाजिला त्रिन्दाजीले टेलिभिजन च्यानल एसबीटी ब्रसिललाई मे १५ मा प्यारिसको होटलमा आफूमाथि कुटपिट र बलात्कार भएको दाबी गरिन् ।

नेमारले उक्त आरोपको खण्डन गरेका छन् र आफू निर्दोष भएको प्रमाण दिन ह्वाट्सएपमा दुई जनाबीच फोनमा भएको कुराकानी सार्वजनिक गरेका छन् । नेमारले बुधवार भएको एउटा अन्तर्राष्ट्रिय खेलमा आफ्नो टोलीका थोरै समय खेले । उनले उक्त खेल आफ्नो जीवनको सबैभन्दा कठिन खेल भएको बताएका छन् ।

कतारविरुद्ध भएको खेलको २० मिनेटमै नेमार घाइते भए । उनले अब निकट भविष्यमा हुन लागेको कोपा अमेरिका प्रतियोगिता खेल्न पाउनेछैनन् ।

महिलाले अन्तर्वार्तामा के भनिन् ?

त्रिन्दाजीले आफू नेमारप्रति आकर्षित भएको र उनीसँग सम्भोग गर्ने इच्छा भएको स्वीकारेकी छन् ।आफूलाई विमानबाट प्यारिस पुर्‍याइएको र त्यहाँ नेमारकै खर्चमा एउटा होटलमा राखिएको पनि उनले दाबी गरिन् ।

त्रिन्दाजीले आफू एउटा ूसामान्य मोडल र इन्टिरियर डिजाइन विषयकी विद्यार्थीू र एउटी छोरी र आमा भएको बताएकी छन् । अन्तर्वार्ताका क्रममा उक्त घटना कुटपिट वा बलात्कार के थियो भनी सोधिएको प्रश्नको उत्तर दिँदै त्रिन्दाजीले भनिन्, त्यो कुटपिट र बलात्कार दुवै थियो ।

भेटमा नेमारलाई निकै आक्रमक पाएको र फोनमा सन्देश आदानप्रदान गर्दाको केटाभन्दा निकै भिन्न पाएको उनले बताइन् । पहिला आपसी सहमतिमा सम्भोग गर्न तयार रहेको तर त्यसका लागि आफूले कन्डम प्रयोग गर्न आग्रह गरेको त्रिन्दाजीले बताइन् ।

तर नेमारले त्यसो गर्न अस्वीकार गरेको, फेरि आक्रमक भएको र आफूलाई बलात्कार गरेको उनले आरोप लगाएकी छन् । नेमारलाई उक्त कार्य रोक्न आफूले भनेको तर उनले अस्वीकार गरेको पनि त्रिन्जादीले बताइन् । एसबीटीले उक्त अन्तर्वार्ताको अंश ट्विटरमा प्रकाशित गरेको छ ।

त्रिन्दाजीले खिचेको भनिएको उक्त भिडिओमा एउटा होटलको कोठामा त्रिन्दाजी र नेमारबीच घम्साघम्सी भएकोजस्तो देखिन्छ । भिडिओमा दुवै जना खाटमा पल्टिरहेका छन्। त्यसपछि महिला उठ्छिन् र पुरुषलाई थप्पड हान्छिन्। ती पुरुषले खुट्टाले छेकेर आफूलाई जोगाउँछन् ।

महिलाले भन्छिन्, म तिमीलाई कुट्न गइरहेकी छु । किन भनेर तिमीलाई थाहा छ । किनभने तिमीले मलाई हिजो पिटेका थियौ । यो संवादले यी दुईबीच पहिला पनि भेट भएको सङ्केत गर्छ । नेमारले त्रिन्दाजीलाई दुई पटक भेटेको बताएका छन् ।

पहिलो पटक भेटेपछि आफूसँग कस्तो व्यवहार भयो भन्ने बल्ल बुझ्न थालेको भन्दै त्रिन्दाजीले सो घटनालाई प्रमाणित गर्न र न्यायका लागि दोस्रो पटक पनि भेटेको एसबीटीलाई अन्तर्वार्तामा बताइन्।उक्त भिडिओ टीभी रेकर्ड नाम गरेको टेलिभिजिन च्यालनमा देखाइएको थियो।

नेमारले के भने ?

नेमारले उक्त टीभी अन्तर्वार्ताबारे कुनै प्रतिक्रिया दिएका छैनन् । होटलको कोठाभित्र खिचिएको उक्त भिडिओ बनावटी भएको र त्यसले नै आफ्नो छोरालाई निर्दोष प्रमाणित गरेको दाबी नेमारका बुवा नेमार डस सान्तोसाले टीभी रेकर्डसँग गरेका छन् । यसअघि नेमारको व्यवस्थापनले एउटा वक्तव्य प्रकाशित गर्दै उक्त आरोप ून्यायपूर्ण नभएकोू जनाएको थियो ।

नेमारले इन्स्टाग्राममा प्रेषित एउटा भिडिओमा पनि यही विवरण दोहोर्‍याएका छन् । पोर्चुगिज भाषामा बोल्दै उनले भनेका छन्, ूत्यो दिन सम्बन्धमा रहेका जोडीबीच चारल पर्खालभित्र हुने कुरा नै भएको थियो। र त्यसपछिको दिन खासै केही भएन । हामीले एकअर्कालाई एसएमएस पठायौँ । उनले आफ्नो बच्चालाई सम्झनास्वरूप दिने उपहार पनि मागिन् ।

कानुनी उपचार के हो त ?

मुद्दामा पहिला त्रिन्जादीको प्रतिनिधित्व गरेका वकिलहरूका अनुसार पहिला उनले नेमार आक्रामकू भएको उनले शारीरिक हिंसाू गरेको बताएकी थिइन् । कुरा गराउन नेमारका वकिलहरूसँग छलफल गरिएको तर पछि नेमारको पक्षले नै त्यो अस्वीकार गरेको उनीहरूले बताएका छन्।

कसले पहिला भेट्न आग्रह गरेको थियो भन्ने विषयमा दुई कानुनी पक्षबीच विवाद रहेको छ । त्यसपछि शुक्रवार त्रिन्दाजीले साओ पाउलोमा बलात्कारको मुद्दा हालिन् । उनका वकिलहरूले त्यो अभियोग पहिला सहमति गरिएको रणनीतिअनुरूप नभएकोू भन्दै शनिवार त्रिन्दाजीसँग सम्बन्ध भङ्ग गरेका थिए ।अहिले उनले नयाँ कानुनी प्रतिनिधि खोजेकी छन् ।

अन्तर्वार्तामा त्रिन्दाजीले पहिलो कानुनी टोलीका एक वकिलबारे टिप्पणी गर्दै उनले मलाई पूर्णतस् विश्वास गरेनन् । मलाई उनी पूर्वाग्राही भएजस्तो लाग्यो। उनले म बलात्कृत नै नभएजस्तो , मैले नै त्यो खोजेजस्तो चित्रण गरे ।

त्रिन्जादीको अनुमतिबिना उनीसँग सम्बन्धित तस्बिर सार्वजनिक गरेका कारण गोपनीयतासम्बन्धी कानुन उल्लङ्घन भएको भन्दै नेमारमाथि अर्को अनुसन्धान पनि 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...