बलात्कारपछि रहेको गर्भ गर्भपतन नगराउँदा परिवारलाई गाउँनिकाला

धुले । १५ वर्षीया किशोरीलाई बलात्कारपछि रहेको गर्भ गर्भपतन नगराउँदा सिँगो परिवालई नै गाउँनिकाला गरिएको छ । किशोरीका आमा बुवा मजदुरी गर्न बाहिर भएका बेला छोरीलाई बलात्कार गरेको ती किशोरीका बुवाले बताएका छन् ।

महाराष्ट्रको धुले जिल्लास्थित धोंडगीपाडा भन्ने गाउँमा ती पिडित किशोरीलाई गाउँको पञ्चायतले परिवारसहित गाउँनिकाला गरेको समाचारमा जनाइएको छ । पीडितको परिवारले पञ्चायतका सदस्य रहेका आफन्तबाट किशोरी बलात्कृत भएको आरोप लगाएका थिए । तर पञ्चायतले कारबाही गर्नुको सट्टा गाउँनिकाला गरी ११ हजार रुपैँया जरिवाना समेत तिराएको छ । 

पञ्चायतको फैसला अनुसार किशोरीलाई चक्की खुवाएर गर्भपतन गराउने भनिएको थियो तर त्यो निर्णयप्रति परिवारले आपत्ति जनाएको थियो ।  ती किशोरीको आमाबुवा मजदुरीका लागि गुजरात गएका थिए फर्किँदा उनीहरुले छोरी ८ महिनाको गर्भवती भर्एको थाहा पाएका थिए । परिवारले पञ्चायतकै एक सदस्यको आफन्तले आफ्नो १५ वर्षीया बालिकाको बलात्कार गरेको आरोप लगाएका छन् ।

पीडितका पिता भन्छन्, पहिला पनि पुलिसले आलटाल गर्यो , इन्सपेक्टरले गाउँको कुरा हो उतै मिलाउनुस् भने, त्यसपछि सामाजिक कार्यकर्ता नवल ठाकरेले मुद्दा दर्ता गरिदिए उल्टो हामीलाई जरिवाना तिराइयो ।   

उनले ३० मे मा बच्चीलाई जन्म दिएकी छिन् । पीडितका पिता भन्छन् गाउँ जाँदा सबैले गाली गर्छन्, पानी समेत भर्न दिँदैनन्, मोबाइलमा बारम्बार धम्की आइरहेको, हामी एकदमै डराएका छौँ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...