टिकटक क्रेजः १४ वर्षीया किशोरीले टिकटक स्टारलाई भेट्ने भन्दै घर छाडिन्

काठमाडौं । पछिल्लो समय टिकटक क्रेजले सामाजिक बिचलन निम्त्याएको छ । किशोरकिशोरी मात्र नभइ बालबालिका र युवाहरुमा समेत टिकटकप्रतिको आकर्षण बढ्दो छ । यस्तैमा टिकटककै कारण मुम्बइकी एक किशोरीले घर छाडेकी छिन् । 

इण्डिया टुडेमा मंगलबार प्रकाशित समाचारमा जनाइएअनुसार मुम्बईकी १४ वर्षिया एक किशोरीले परिवारलाई एउटा भावुक पत्र लेखेर अब आफु केहि नबनी घर नफर्कने भन्दै नेपाल हिंडेकी छिन् ।

उनले आमाको नाममा लेखेको पत्रमा आफु १६ वर्षिय टिकटक स्टार रियाज अफ्रिन जो अहिले नेपालमा छन् उनलाई भेट्न नेपाल हिडेको तर युवककै लागि घर छाडेको भन्ने चाहिँ नठान्न आग्रह गरेकी छिन् । उनी टिकटक स्टार रियाजलाई भेटेर उनको सिको गरेर चिनिने चाहनामा घर छाडेको उल्लेख गरेकी छिन् ।

उनले आमालाई लेखेको पत्रमा भनिएको छ ,‘‘ममी, म घर छोड्दैछु । म बाबासँग खुसी छैन । मेरो बारेमा धेरै नसोच्नुहोला । र, भगवानको कसम खानुहोला, यो कारणलाई लिएर तपाईंले आत्महत्या गर्नु हुनेछैन । यदि तपाईले म कोही केटासँग हिँडेको भन्ने ठान्नुभयो भने त्यो गलत हुनेछ । म कोही केटासँग गइरहेको छैन ।’’

छोरीको पत्र पाउनासाथ ति अभिभावकहरुले छोरी खोजिदिन आग्रह गर्दै प्रहरीमा गएका थिए । प्रहरीले उजुरी गरेको आठ घण्टामै किशोरीलाई भेटेका थिए । प्रहरीको सोधपुछमा किशोरीले आफु टिकटक हेरेर सेलिब्रिटी बन्ने चाहनामा टिकटक स्टार रियाज अफ्रिनलाई भेट्न नेपाल जान लागेको बताएकी छिन् ।

किशारीले प्रहरी समक्ष आफु बुवासँग रिसाउनुको कारण बुवाले आफुलाई कुनै केटा साथीसँग बोल्न नदिने र देखेमा, सुनेमा गाली गर्ने गरेकोले बुवासँग कुरा नमिल्ने बताएकी छिन् । बुवाको हस्तक्षेपकै कारण घर छाड्ने निर्णय गरेको उनले प्रहरी समक्ष बताएकी छिन् ।

पछिल्लो समय टिकटकमा अपलोड गरिने भिडियोले छोटो समयमा भाइरल हुने,शेयर हुने आकांक्षाका कारण किशोर किशोरी तथा बालबालीका पढाई र कामै छाडेर एकोहोरो हुने गरेकोमा आम अभिभावक चिन्तित बनेका छन् । केहि समय अघि भारतका केहि शहरमा यस्तै समस्याका कारण टिकटकमाथि प्रतिवन्ध समेत लगाइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...