सुडानमा प्रर्दशनकारीमाथि सेनाले गोली चलाउदा ६० जनाको मृत्यु

काठमाडौँ । सुडानमा प्रर्दशनकारी माथि सेनाले गोली चलाउदा ६० जनाको मृत्यु भएको छ । सुडानमा जारी आन्दोलनमा सैनिकले गोली चलाउदा मृतकको संख्या ६० पुगेको हो । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार राजधानी खार्तुममा प्रदर्शनकारीलाई तितरवितर पार्न सैनिकले गोली चलाएको थियो ।

बीबीसी काअनुसार अन्तरिम सैन्य सरकारलाई बर्खास्त गरेर नागरिक प्रतिनिधिलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग राख्दै प्रदर्शन भइरहेको छ । पछिल्लो दुई दिनमा भएको गोलीबारीमा ६० जनाको मृत्यु भएको हो ।

प्रदर्शनकारीमाथि सैनिक बल प्रयोग भएपछि अन्तर्राष्ट्रिय समुदायले सैनिक नेतृत्वको सरकारको आलोचना गरेको थियो । बेलायत, जर्मनी, युरोपियन युनियन र संयुक्त राष्ट्रसंघले सुडानको सैन्य सरकारले प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग गरेको भन्दै आलोचना गरेका थिए ।

प्रदर्शनकारीले सैनिक हेडक्वाटर अगाडि प्रदर्शन गरिरहेका छन् । गत महिनादेखि नै प्रदर्शन जारी रहेको छ । ओमर अल बसिर ३० वर्षदेखि सुडानको शासनमा थिए । उनलाई सैन्य कू मार्फत सत्ताच्यूत गरिएको थियो ।

बसिर सत्ताबाट बाहिरिएसँगै त्यहाँ प्रदर्शन भइरहेको हो । केही पहिले त्यहाँका नेता र सैन्य नेतृत्वबीच तीन वर्षभित्र चुनाव गराएर सैनिक नेतृत्वले सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो । सोमबार सेनाले प्रदर्शनकारीलाई सैनिक हेडक्वाटरबाट बलपूर्वक हटाउन खोजेपछि हिंसा भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...