आमाले विवाहको प्रस्ताव अस्विकार गर्दा बदला लिन छोरीको अपहरण

काठमाडौँ । चार सन्तानकी आमाले विवाहको प्रस्ताव अस्विकार गर्दा छोरीको अपहरण गरिएको छ । मंगलबार मात्र यो घटनाको खुलासा भएको हो । ती व्यक्तिले महिलाकै ९ वर्षीया छोरको अपहरण गरेका थिए । यो घटना भारतको राजधानी दिल्लीको हो । पुलिसले सय बढी सिसिटिभी फुटेज अनुसन्धान गरेपछि १२ घण्टाभित्रै अपहरणको घटना फर्दाफास भएको हो । 

भारतीय समाचार माध्यमका अनुसार जून २ तारिख दिउँसो दुई बजे बालिका घर नजिकैको पसलमा अण्डा लिन गएकी थिइन् । लामो समयपछि पनि छोरी घर नफर्केपछि आमाले खोजतलास सुरु गरिन् । कतै पनि नभेटेपछि यसबारे पुलिसलाई जानकारी दिइन् ।

उजुरीपछि पुलिसले वरिपरिको सिसिटिभी फुटेज अनुसन्धान गर्दा कमलेश नामका एक व्यक्तिले बालिकालाई फकाएर आफूसँगै लगेको पत्ता लाग्यो । स्रोतका अनुसार केही दिनअघि कमलेशलाई बालिकाकी आमाले घरको मर्मतका लागि बोलाएकी थिइन् ।

कमलेश दैनिक ज्यालादारी गर्ने एक मजदुर हुन् । उनी युपीका वासिन्दा हुन् । पीडित महिला चार सन्तान छन् । आरोपी कमलेशले उनकी सबैभन्दा कान्छी छोरीको अपहरण गरेका थिए । पक्राउ पछि आरोपीले महिलालाई विवाहको प्रस्ताव राखेको र उनले अस्विकार गरेपछि त्यसको बदला लिन उनकै छोरीको अपहरण गरेको पुलिसले जानकारी दिएको  छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...