मेरो बुवा महिला हुनुभयो र अहिले मेरो आमा हुनुहुन्छ

काठमाडौँ । म सम्झनै सक्दिनँ उनी पुरुषका रूपमा कस्तो थिइन् । केही वर्षपछि अहिले त एकदमै सामान्यजस्तो लाग्छ । १७ वर्षीया मेको लुगा राख्ने दराज सार्लोटले पनि प्रयोग गर्छिन् । उनीहरू दुवैले फूलबुट्टे एउटा हरियो रङ्गको लुगा छाने र त्यसमा राम्री देखिनेमा सहमत भए ।

मेलाई पुरुष अभिभावकसँग बिताएको समय सम्झिन निकै मुस्किल छ । त्यो सम्झँदा पीडा हुन्छ भनेर होइन, त्यो सम्झना नै धूमिल भइसकेर हो । आज सार्लोट जस्तो छन्, मे उनलाई त्यस्तै रूपमा मात्रै कल्पना गर्न सक्छिन् ।

६ वर्षअघि मेले आफ्नो परिवारको सयनकक्ष खोल्दा जे देखिन् त्यो जीवन बदल्ने क्षण भने उनले भुल्न सक्दिनन् । म कोठामा छिर्दा मेरो आमाले सार्लोटलाई मेकअप लगाइदिन सहयोग गरिरहेको पहिलोपटक देखेको थिएँ । म दुविधामा परेँ । मलाई यो के भइरहेको छ जस्तो लाग्यो । पुरुषले मेकअप गर्नु सामान्य होइन । 

म त्यस्तै १२ वर्षको थिएँ र मलाई तेस्रो लिङ्गी भनेको के हो थाहै थिएन । सार्लोट पहिला आफ्नो नयाँ पहिचानलाई लिएर अरूले कस्तो प्रतिक्रिया जनाउँछन् भन्नेबारे निकै सचेत थिइन् । सार्लोट एकदम चुलबुल छिन् र ठूलो स्वरमा बोल्छिन् । छाती, हात र घाँटीमा ट्याटू छ र उनी भीडमा पनि फरक देखिन्छिन् ।

उनी मिलनसार छिन् र सबैको ध्यान आकृष्ट गर्न सहज महसुस गर्छिन् तर १४ वर्षीय जोका अनुसार यो अवस्था पहिले यस्तो थिएन । उनले एउटा यात्राको व्याख्या गरे जुन कुनै बेला उनीहरू सबैका लागि एकदमै कठिन थियो । त्यस्तो यात्रा जतिबेला सार्लोट आफ्नो नयाँ परिचयबारे अरूले कसरी प्रतिक्रिया जनाउलान् भनेर एकदमै सचेत रहन्थिन् ।

जो भन्छन् मानिसले उनलाई हेरेको र उनको बारेमा कुरा गरेको सुनेर उनी एकदमै नराम्रो महसुस गर्थिन् र दुखी हुन्थिन् । एक हप्तासम्म बाहिर ननिस्कने गरि दुखी हुन्थिन् । यो साँच्चै कष्टकर हो । किन कसैले उहाँबारे त्यस्तो भन्नुपर्‍यो ? उहाँ जस्तो हुनुहुन्छ त्यस्तै छोडिदिनुस् ।

तर परिवारले भने सार्लोटप्रति सुरुदेखि नै देखाएको करुणा र समझदारीले गर्दा पुराना कुरा ओझेलमा परेको छ । आफ्ना श्रीमान रहेका व्यक्ति आफ्नो श्रीमती बन्ने कुरामा पनि आग्नीएस्का समर्थनमा उभिइन् ।

आफ्ना श्रीमान् श्रीमति बन्दा आग्नीएस्का उनको समर्थनमा उभिइन् । उनी भन्छिन् श्रीमान सदाका लागि महिला बन्दैछन् भन्ने पहिलोपटक थाहा पाउँदा निकै गाह्रो भयो । कामको सिलसिलामा उनीहरूको भेट जर्मनीमा भएको थियो । यो भनिरहँदा उनीहरू हाँसे तर सुरुमा चाहिँ उनीहरूले भन्न चाहेका थिएनन् । उनीहरूले ट्याटू खोपिएका एकअर्काका हात समाते र भेटेपछि कसरी प्रेममा परे भन्ने सुनाए ।


वैवाहिक जीवनको १५ वर्ष, विदेशको बसाइ, तीन सन्तान र एकजनाको लिङ्ग परिवर्तन बीच उनीहरूको प्रेम अझै बलियो छ । मसँग केवल केही दिनहरू थिए, र म पछि हटेँ । अनि भनेँ उ त्यस्तो शरीरमा फसेको छ जुन उ चाहँदैन । यो शोक जस्तो थियो किनभने जुन व्यक्ति तिमीसँग वर्षौंसम्म थियो, उ हराएको छ र नयाँ व्यक्तिको रूपमा आएको छ ।

हामी साँच्चै भाग्यमानी छौँ। धेरै समलिङ्गी परिवार दिगो हुँदैन र समलिङ्गी व्यक्ति एक्लै बस्छ । तर मेरो आमा सँधै सार्लोटको समर्थनमा हुनुहुन्छ  जो भन्छन् सार्लोट र आग्नीएस्काका सन्तानहरूले उनीहरूका साथीहरूबाट यो विषयलाई लिएर कहिल्यै पनि नराम्रो सुन्नु परेन ।

हामी साँच्चै भाग्यमानी छौँ । धेरै समलिङ्गी परिवार दिगो हुँदैन र समलिङ्गी व्यक्ति एक्लै बस्छ । तर मेरो आमा सधैँ सार्लोटलाई समर्थन गर्दै आउनु भएको छ । उहाँ सधैँ सार्लोटलाई मद्दत गर्नुहुन्छ र भन्नुहुन्छ उनलाई एकदमै राम्रो देखिएको छ ।

घरको मुलढोका खुल्छ र परिवारका सदस्यले स्केटिङ खेल्ने रोलर, स्केटको जोडी, स्केड बोर्ड र ब्यागलाई गाडीमा हाल्छन् । बादलले घेरिएको दिन छ तर उनीहरूको समूह स्केटिङ खेल्न तटीय नगर साल्टबर्न जान तयार छ । सार्लोटले यस्ता खालका गतिविधि केवल आफ्नो फाइदाको लागि मात्रै नभएको बताइन् । उनी बच्चाहरूलाई समय दिने मौका छोड्न चाहन्नन् ।

उहाँ आफू कसरी महिलामा परिवर्तन हुनुभयो त्यसमा म निकै गर्व गर्छुूहामी थुप्रै साहसिक यात्राहरूमा जान्छौँ । हामी हाम्रा बालबच्चाले साहसिक जीवन जिउन् भन्ने चाहन्छौँ । परिवारका रुपमा हामी एकदमै नजिक छौँ र सधैँ एकअर्कासँग हुन्छौँ ।

तर सधैँ यो यस्तै रमाइलो भएको छैन । सार्लोटले पुरुषबाट महिला भएको विषय परिवारका निम्ति दर्दनाक भएको सम्झन्छन् ।तर उनीहरूले यो समयबाट पार पाए र मेको विचारमा उनीहरूका लागि यो राम्रो भएको छ ।

मनोबल एकदमै कम भएको र घरबाटै बाहिर निस्कन नचाहने मानिसबाट अहिले भीडमा देखिन चाहनु भनेको गज्जब हो । उनी आफ्ना सबैकुरा भन्न चाहने र सकारात्मक कुरा बाँडेर सबैलाई खुसी पार्न खोज्ने महिला हुन् ।उनले जे गरिन् र जसरी पुरुषबाट महिलामा परिणत भइन्, म त्यसका लागि उनीमाथि निकै गर्व गर्छु।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...