अस्ट्रेलियामा एक व्यक्तिद्वारा अन्धाधुन्ध गोली प्रहार, ४ जनाको मृत्यु

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरी राज्यको राजधानी डार्बिनमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा चार जनाको मृत्यु भएको छ ।

बन्दुकधारीले सटगन लिएर जथाभावी गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो । गोली प्रहारबाट कम्तिमा ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय समाचारमाध्यमका अनुसार एक व्यक्तिले सटगनबाट जथाभावी गोली प्रहार गरेको सूचना पाएपछि प्रहरीले सहरमा सुरक्षा सर्तकता अपनाएको थियो ।

डार्बिनको भित्री क्षेत्र वुल्नरमा कैयौं गोलीको आवाज सुनिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएअनुसार बन्दुकधारीले डार्बिनको एक होटलको प्रत्येक कोठामा पसेर जथाभावी गोली प्रहार गरेका थिए । अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार आक्रमणकारीले पाल्मस होटलमा रहेकी एक महिलाको गोडामा कयौं पटक गोली हानेका थिए ।

प्रहरीले घटनामा एक ब्यक्तिको मात्र संलग्नता रहेको हुनसक्ने बताएको छ । घटना भएको एक घण्टापछि नै ४५ वर्षीय आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर पक्राउ परेका व्यक्तिका बारेमा विस्तृत जानकारी दिइएको छैन । प्रहरीका अनुसार बन्दुकधारीले टोयोटाको सेतो हाइलक्स गाडी चलाएर आएका थिए । यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले घटना आतंकवादी क्रियाकलापसँग सम्बन्धित नरहेको बताएका छन् ।(एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...