कोरियाका मुख्य सहरमा कुकुरको मासु बिक्रीमा प्रतिबन्ध

कोरिया । कोरियाका मुख्य सहरमा कुकुरको माशु बिक्रीमा प्रतिबन्ध लगाइने भएको छ ।  पशु अधिकारवादीहरूको चर्को आलोचनापछि कोरियाका मुख्य सहरमा रहेका कुकुरको मासु बिक्री गरिने पसलहरू बन्द गर्न सुरु गरिएको हो । 

ती अधिकारवादीहरुको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै कोरियाको दोस्रो ठूलो सहर बुसानमा कुकुरको मासु बेच्ने मूख्य पसलहरू आगामी महिनादेखि बन्द गर्न लागिएको बुसानस्थित प्रान्तीय कार्यालयलाई उद्धृत गर्दै कोरिया टाइम्सले समाचारमा उल्लेख गरेको छ ।  आगामी महिना जुलाई ११ देखि बुसानको मुख्य सहरमा रहेका १९ ओटा मासु पसल बन्द गर्न लागिएको हो । 

उक्त व्यवसायमा संलग्न व्यवसायीहरूलाई अन्य व्यवसायमा लाग्न त्यहाँको जिल्ला प्रशासन कार्यालयले आर्थिक सहयोग गर्ने सम्झौता गरेको छ । जसअनुसार आगामी वर्ष सन् २०२० को डिसेम्बर महिनासम्म कार्यालयले प्रतिव्यवसायी  मासिक २७ सय अमेरिकी डलरका दरले सहयोग गर्ने गरी सम्झौता समेत भएको उल्लेख  छ।

कोरियामा क्रियाशील पशु अधिकारवादीहरूले कोरिया सरकारको उक्त योजनाको विज्ञप्ति प्रकाशित गर्दै  स्वागत गरेका छन्। ‘हामी सबै पशुअधिकारवादीहरूले कोरियामा कुकुरको मासु बेच्ने व्यवसायको अन्त्य गर्न लागिएको सरकारी योजनाको हृदयदेखि स्वागत गर्न चाहन्छौं,’ पशु अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...