मृत्युदण्ड दिएको भनिएका उत्तर कोरियाली अधिकारी जीवितै रहेको सीएनएनको दाबी

काठमाडौँ । अमेरिकासँगको वार्ता विफल भएपछि उत्तर कोरियाका अधिकारीलाई मृत्युदण्ड दिएका भनिएका अधिकारी जिवितै रहेका बताएको छ ।  उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना वरिष्ठ अधिकारीहरुलाई मृत्युदण्ड दिएको समाचार दक्षिण कोरियाली समाचारपत्र छोसुन इलबोले प्रकाशित गरेको थियो । 

समाचार बाहिरियपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा राम्रै स्थान पायो । तर उक्त समाचरपत्रको दाबीको चर्चा चल्दै गर्दा मृत्युदण्ड दिइएका भनिएका अधिकारीहरु भने जीवितै रहेको अन्तराष्ट्रिय समाचार संस्था सीएनएनले दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनोइमा भएको वार्ता असफल भएपछि अमेरिकाका लागि विशेष प्रतिनिधि रहेका किम ह्योक चोललाई मृत्युदण्ड दिएको दक्षिण कोरियाली अधिकारीको दाबी थियो ।

तर सीएनएनले भने चोललाई मृत्युदण्ड नदिइएको तर वार्ता असफल भएका कारण उनको बारेमा अनुसन्धान भइरहेको उल्लेख गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको समकक्षीको हैसियतमा रहेका चोलसहित विदेश मन्त्रालयका चार अधिकृतहरुलाई मार्चमा मिरिम विमानस्थलमा मृत्युदण्ड दिइएको समाचारपत्रले जनाएको थियो ।

उनीहरुलाई अमेरिकाका लागि जासुसी गरेको आरोपसमेत लगाइएको बताइएको थियो । उक्त समाचारपत्रले वार्ताको तयारीमा सहयोग गरेका किम सङ हेइलाई राजनीति बन्दी क्याम्प मा पठाइएको र हनोइ वार्तामा किम जोङ उनका साथमा रही भाषा अनुवाद गरिदिएका सिन हाए योङलाई समेत राजनीति बन्दी क्याम्पमा पठाइएको दाबी गरेको थियो ।

ट्रम्प किम वार्ताका समय मिडियामा चर्चामा रहेकी किमकी बहिनी किम यो जोङ पनि हनोइ वार्तापछि सार्वजनिक रुपमा देखा नपरेको बताइएको थियो । तर उत्तर कोरियाली दक्षिण कोरियाको कुनै पनि दाबीको पुष्टि गरेको छैन । अमेरिकाले सो रिपोर्टका बारेमा अनुसन्धान गरिरहेको बताउँदै गर्दा सीएनएनले मृत्युदण्ड दिएका अधिकारीहरु जीवितै रहेको दाबी गरेको हो ।

फेब्रुअरीमा हनोइ वार्ताका क्रममा किमले उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न राखेको प्रस्तावलाई ट्रम्पले अस्वीकार गरेको थिए। प्रतिबन्ध हटाउने विषयमा सहमति नभएपछि बिना कुनै सहमति वार्ता टुंगिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...