चीनको सीमा नजिकैबाट हराएको १३ जना बोकेको भारतीय वायुसेनाको विमान अझै भेटिएन

नयाँ दिल्ली । १३ जनाहित चिनको सीमा नजिकैबाट हराएको भारतीय वायुसेनाको विमान अझै भेटिएको छैन । उक्त विमानको खोजी कार्य भैरहेको जनाइएको छ  । खोजकार्यका लागि थप सेनाको पनि सहयोग लिइरहेको छ ।

वायुसेनाको एएन–३२ विमान आइतबार चीनको सीमा नजिकैबाट सोमबार हराएको थियो । विमानको खोजी कार्य रातभर भैरहेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । विमान खोजी अभियानमा विशेष अपरेशनमा प्रयोग हुने एयरक्राफ्ट सी–१३०, एएन–३२ एस, एमआई–१७ चोपर र थलसेनाका विभिन्न आधुनिक हेलिकोप्टर प्रयोग गरिएको छ ।

चालकदलका आठ सदस्यसहित १३ जना यात्री चढेको एयर फोर्स विमान एएन ३२  सोमबार दिउँसोको १ बजेदेखि सम्पर्कमा आउन सकेको छैन ।

भारतीय वायुसेनाको विमान आसामको झोरहाटबाट अरुणाञ्चलमा रहेको मेचुका उपत्यकाका लागि उडेको थियो । सोमबार दिउँसो सवा १२ बजे उडेको विमान एक बजेतिर सम्पर्कमा आएको थियो । त्यसपछि भने विमान सम्पर्कमा आएको छैन ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...